• टोखा टाइम्स

    • प्रकाशित मिति:६ फाल्गुन २०८०, आईतवार


    बिज्ञापन
  • सरस्वती विद्यालयको ६३ औं वार्षिकोत्सव सम्पन्न

    ६ फागुन, काठमाडौं । टोखास्थित सरस्वती माध्यमिक विद्यालयले ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भएताका साथ मनाएको छ ।

    शनिबार विद्यालय परिसरमा एक समारोहको आयोजना गरी स्मारिका विमोचन, निवृत शिक्षकहरुको अभिन्दन, सहयोगि संघसंस्था तथा व्यक्ति सम्मान, सांस्कृतिक कार्यक्रमका साथै वार्षिक पुरस्कार वितरण तथा शुभकामनसहित विद्यालयले वार्षिक उत्सव मनाएको थियो ।

    कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक पञ्च नारायण श्रेष्ठ र पुर्व शिक्षक तथा प्रधानाध्यापक बाबुलाल भण्डारी लेखा प्रमुख सुकु नारायण श्रेष्ठलाई विद्यालयको प्रगतिका लागि विशेष योगदान दिएकोमा विद्यालयले आफ्नो ६३ ‍औं वार्षिकोत्सवको अवसरमा अभिनन्दन गरिएको थियो । साथै मनिष जोशीलाई पनि अभिनन्दन गरिएको थियो ।

    विद्यालयको शैक्षिक समुन्नतिकको लागि अक्षय कोष स्थापना गर्ने नानी बाबु डंगोल, हाम्रो सहारा मिर्मिरे बचत तथा ऋण सहकारी संस्था लिमिडेट, नयाँ किरण बचत तथा ऋण सहकारी संस्था लिमिडेट, टोखा भगवती बचत तथा ऋण सहकारी संस्था लिमिडेट लगायतलाई सम्मान्न गरिएको थियो । सोहि कार्यक्रममा टोखा नगरपालिकाले आयोजना गरेको टोखा स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगितामा विजयी विद्यार्थी तथा जनसेवक जवान एमसीसी तालिम प्राप्त विद्यार्थीहरुलाई प्रमाणपत्र तथा सम्मान गरिएको थियो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजराज श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री अशोक राईले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न मन्त्रालय अगाडि बढिरहेको बताएका छन् । उनले नेपाल सरकारले नेपालको शैक्षिक क्षेत्रको सुधार र विकासकालागि नयाँ शिक्षा ऐन विधेयकको तयारी गर्ने कार्य भैरहेको  भन्दै  त्यसलाई चाडैनै लागु गर्ने मन्त्री राईले कार्यक्रममा बताएका छन् ।मन्त्री राईले विद्यालयको लागि आवश्यक सहयोग गर्न नेपाल सरकार तयार भएको समेत बताए ।

    कार्यक्रममा बागमती प्रदेशका सांसद श्याम खड्काले विद्यालयको उत्तरी भेगको जेठो विद्यालयको रुपमा रहेको यस विद्यालयको गुणस्तर शैक्षिक स्तर सुधार तथा भौतिकपुर्वाधार निर्माणमा प्रदेश सरकारका तर्फबाट गर्नु पर्ने सहयोग गर्ने बताए ।

    त्यस्तै, कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख तथा कार्यवहाक प्रमुख मुरारी तामाङले आफुले अध्ययन गरेको विद्यालयको उत्थानका लागि स्थानीय सरकार तत्पर रहेको बताए । उनले प्रदेश संघीय सरकारसँग समन्वय गरी विद्यालयलाई आवश्य सहयोग गर्ने वचनवद्धता दिए ।

    टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सीले सामुदायिक विद्यालयको शैक्षिक स्तरको सुधार गर्ने जिम्मेवारी स्थानीय सरकारको पनि रहेको भन्दै त्यसको हरेक समस्याहरुलाई समाधान गर्दै अघी बढ्न नगरपालिकाको साथ  सहयोग हमेशा रहने बताएका छन् ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्याक अर्जुन श्रेष्ठले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयलाई माया गर्ने र सहयोग गर्ने सहयोगी तथा अभिभावकहरुलाई धन्यवाद दिँदै विद्यालयको समृद्धिका लागि विद्यार्थी, अभिभावक, शिक्षकशिक्षिका, कर्मचारी र सरकारका तीनै तह बीच सहकार्य रहेमा मात्र विद्यालयको प्रगति हुने जिकिर गरे ।

    श्रेष्ठले सरकारले शिक्षा ऐन बनाउन ढिलो गर्दा सामुदायिक विद्यालयमा शिक्षकको दरबन्दी गर्न समस्या भैरहेकोले चाढो भन्दा चाढो शिक्षा ऐन लागु गरी शिक्षकको दरबन्दी परिपुर्ति गर्न कार्यक्रमका प्रमुख अतिथि तथा शिक्षा मन्त्री राईलाई सुझाए ।

    हाल विद्यालयमा १५ सय भन्दा बढि विद्यार्थीहरु अध्ययनरत छन् । विद्यार्थीको लागि कक्षाकोठा तथा शिक्षकहरुको अभाव रहेको छ ।विद्यालयको नयाँ भवन टोखास्थित मेघासिटीमा २ वटा पक्कि भवन निर्माण सम्पन्नको अन्तिम चरणमा पुगेको छ । अगामी वर्षदेखि उक्त भवनमा समेत पठनपाठन सुचारु हुने प्रधानाध्यपक श्रेष्ठले बताए । उनले विद्यालयमा प्रविधिमैत्रि डिजिटलाइज बनाएको भन्दै पठनपाठन गर्न केही सामग्रीको अभाव रहेकोले त्यसकोलागि सहयोग गर्न तीनै तहका सरकारसँग माग गरेका थिए ।

    कार्यक्रमका सभापति गजराज श्रेष्ठले विद्यालयको निमान्त्रणालाई स्वीकार गरी कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल बनाएकोमा सबैमा धन्यवाद दिँदै विद्यालयको उन्ती र प्रगतिका लागि आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोग मिलिरहने छ भन्ने कुरामा आफु विश्वस्त रहेको बताए ।

    कार्यक्रममा बागमती प्रदेशका माननीय प्रदिप पौडेल, टोखा नगरपालिका २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, ३ का वडाध्यक्ष रमेश डंगोल, ६ का वडाध्यक्ष शान्ता पौडेल, शिक्षा शाखा प्रमुख बाबुराम गौतम युवा तथा खेलकुड शाखा अधिकृत खगेन्द्र धामी, सामुदायिक विद्यालयका प्रधानाध्याक, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box