• टोखामा ‘मेयर दीर्घायु स्वास्थ्यपरीक्षण कार्यक्रम’ शुभारम्भ

    काठमाडौं :   टोखा नगरपालिकामा ‘मेयर दीर्घायू स्वास्थ्यपरीक्षण कार्यक्रम’ शुभारम्भ गरिएको छ। टोखाले ६० वर्षभन्दा बढी उमेर समूहका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्यपरीक्षण गर्ने उद्देश्यसाथ आजदेखि सो कार्यक्रम सुरु गरेको हो।

    कार्यक्रमको शुभारम्भ गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले पालिकाभित्रका ज्येष्ठ नागरिकलाई स्वस्थ्य बनाउनका लागि उक्त अभियान सञ्चालन गरिएको जानकारी दिए ।“विगतका दिनमा नगरपालिकाले सुरु गरेको अभियानमा उत्साहपूर्वक जनसहभागिता देखिएपछि मेयर दीर्घायु कार्यक्रमलाई निरन्तरता दिएका हौँ”,उनले भने । 

    टोखा नगरपालिकाका ६८ वर्ष भन्दा माथि उमेर समुहका जेष्ठ नागरीक, एकल महिला, दलित, अल्पसंख्यक, सिमान्ताकृत, गरीव तथा विपन्न वर्गका नागरीकहरुलाई लक्षित गरी संचालन गरीएको यस कार्यक्रमबाट करीब १५०० जना प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

    कार्यक्रम प्याकेजमा वायोकेमिस्ट्री, हेमाटोलोजी, प्याथोलोजी र रेडियोलोजी जाँचपडतालको परिक्षण पश्चात स्त्रीरोग तथा वरिष्ट फिजिसिएनहरुद्वारा पुनः स्वास्थ्य जाँचाको ब्यबस्था मिलाइएको छ । बिगत २ बर्षदेखि उपलब्ध गराउंदै आएको यस कार्यक्रम चालू आब २०८०/०८१ यो तेस्रो नियमित कार्यक्रम आइतबारदेखि बुधबार टोखा– ११ को शहरी स्वास्थ्य क्लिनिक र बिहिबारदेखि शुक्रबार टोखा– २ को चण्डेश्वरी प्रादेशिक अस्पताल मार्फत सेवा प्रवाह गरिनेछ ।

    नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले उक्त अभियानका लागि टोखाले चालू आ.व.मा रू ६५ लाख बजेट विनियोजन गरेको जानकारी दिए । टोखाले उक्त अभियानलाई विगत चार वर्षदेखि सञ्चालन गरिरहेको भन्दै यस वर्षका लागि आजदेखि सुरुवात गरिएको उनको भनाइ छ । 

    मेयर दिर्घायु निःशुल्क स्वास्थ्य परीक्षण (होलबडी चेकअप) कार्यक्रमले क्यान्सर, सिंओपिड़ी, मधुमेह, उच्च रक्तचाप लगायत अन्य विभिन्न विरामका व्यक्तिहरुलाई सेवा पुग्ने अनुमान गरीएको छ ।

    नगर प्रमुख प्रकाश अधिकारीले समुद्घाटन गर्नु भएको कार्यक्रममा प्रमुख प्रसाशनिक अधिकृत शेर बहादुर बिसी, १ देखि ११ वडाका वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, नगरसभा सदस्यहरु, स्वास्थ्य शाखा प्रमुख लगायत विभिन्न शाखाका शाखाप्रमुख कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box