• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१८ चैत्र २०८०, आईतवार


    बिज्ञापन

    च्वक्छें टोल विकास संस्था विगत देखि वर्तमान सम्म

    टोखा टाइम्स । अन्तत: च्वक्छें टोलमा १७५ मिटर लामो ढॅुगा एवम ईट्टा विछ्याउने कार्य सम्पन्न भएको छ। यस टोळ विकास संस्थामा वि. सं २०५६ सालतिर राजनितिज्ञ बाबुलाल डंगोल गाविस अध्यक्ष हॅुदा पहिलो पटक ईट्टा बिछ्याउने कार्य उहांले नै गर्नु भएको थियो भन्ने अहिलेका निवर्तमान वडा अध्यक्ष रमेश डंगोलको विशेष पहलमा २० लाखको बजेट राखी यो निर्माण कार्य पूरा गरेका हुन्।

    टोखामा यो नै पहिलो पटक अनौठो ढंगले जनसहभागिता परिचालन गरी उपभोक्ता मार्फत नै मिलेर यहां ढुंगा र ईट्टा बिछ्याएका हुन्। यसको लागि उपभोक्ता मार्फत ८ लाख रकम उठाएर सुरूवात गरेका हुन्। अहिले सो सडकमा सर्वसाधारण मज्जाले हिडडुल गर्न थालिसकेका छन्। २/३ वर्ष यता टोखाका हरेक गल्लीहरू तन्किसकेका छन् । च्वक्छें टोलमा आउने हरेकले विदेसको गल्ली जस्तो देखिन थालेको छ हिजोआज। यहां आउने जाने सबैले भन्न् र महसुस गर्न थालेको छ। यस टोळको भित्री शाखा सडकहरू पनि आउदो वर्ष उपभोक्ता मार्फत नै सुरूवात गर्ने सुरसार छ। ठीक यसैबेला वडा अध्यक्ष रमेश डंगोलले जनसहभागिता विकास निर्माणका कामहरू गर्नै नीति अघि सारे।

    “ त्यही नीतिको सफलता हो । “ टोखा नगरपालिका ३ वडा का वडा अध्यक्ष रमेश डंगोल भन्नुहुन्छ। यो स्तरको जन सहभागिता जुटाउन च्वक्छें टोल विकास संस्थाको ठूलो भूमिका छ।

    जनताको सहभागिता बाट सरस्वतीमा सडक लगायत अन्य विकासका कामहरू हुन थालेपछि निर्माण कार्यमा जनदायित्व बढेको छ। जसको कारण टोखाका सडकहरू प्राविधिक र आर्थीक हिसाबले ठेकेदार र अरूले निर्माण गरेको भन्दा बलिया र सस्ता भएका छन्।

    च्वक्छें टोलमा अब सडक बनाएर त्यसै छोडेका छैनन् , उनीहरू आफै सहभागी भएर सडकको संरक्षण र सम्बर्दन गर्छन। नियमित रूपले सडक सरसफाईको कार्यक्रम पनि सन्चालन गर्नेछन्। र सडकमा निर्धारित मापदण्ड विपरीत जथाभावी सडक खन्ने कार्य गरे जरिवाना तथा कारवाही गर्न समेत पछि पर्देनन।जनसमुदाय भित्रको सरोकारका विषयमा एक कदम अगाडी नै देखिएको च्वक्छें टोलले भर्खरै मात्र सरस्वतीमा इतिहास रचेको छ।

    Facebook Comments Box