• राजसत्ता र टोखाको संस्कृर्ति:

    टोखा टाइम्स, २५ चैत्र । इतिहासले नेपालमा राजसत्ता नै राज्यव्यवस्थाको मौलिक एवं मूल स्रोत हो भनी प्रमाणित गरेको छ। प्रचीन काल देखि नै नेपाललाई प्रतिनिधित्व गर्ने नेपाल मण्डल अर्थात काठमाडौं उपत्यकाको इतिहासलाई नियालेर हेर्यौं भने पनि यो कुरा प्रष्ट हुन्छ। ईशापूर्व छैटौं सताब्दीको अन्त्यतिर विरूढक र अजातशत्रुको हमलाबाट बच्न उत्तर भारत बाट भागेर नेपाल भित्र पसेका लिच्छवि गणसंघका सदस्यहरू जस्तै लिच्छवि, कोलि, बज्जि, मल्ल आदिले पनि नेपाल भित्र गणसंघ स्थापना नगरी राजतन्त्र नै स्थापना गरे।हुन सक्छ , तिनीहरूले गणसंघ भन्दा राजतन्त्र नै त्यति बेला नै राजतन्त्रात्मक शासन व्यवस्थालाई भोगिसकेका शाक्य, र कुषाणहरूले नेपालमा अन्य व्यवस्थालाई ॲगीकार गर्न र ती प्राचीन जनपदका सदस्यहरूलाई प्रेरित गरेका थिए।

    पुरातत्वको आधारमा भन्ने हो भन्ने ईशापूर्व देखि आज सम्म अक्षुण्ण रूपमा नेपाल मण्डलमा लिच्छवि, गुप्त, बर्मन, मल्ल , शाह वंशका राजाहरूले राज्य गर्दे आइरहेका छन्। यी राजवंशहरूले नेपालमा राज्यमात्र गरेनन। बल्की यिनीहरूले नेपाली संसकृर्तिको जन्मदाता भनेमा कुनै अत्युत्ति नहोला।

    टोखाको संस्कृर्तिका महत्वलाई अवमूल्यन नगरी आफ्नै मौलिकता र विशेषता भएको सपनतिर्थ मेलाको संरक्षण , संवर्द्दन गर्नका लागि यही आउदो नयाँ बर्ष २०८१-१-१ गते बिहान ८: ००बजे श्री सपन तिर्थ पवित्र तिर्थ मेला मा दर्शन का निम्ति आउनु हुने सम्माननिय राष्ट्रपतिले पनि बढी प्राथमिकता दिनु भएको छ। यसमा वहालाई निमन्त्रणा दिनु हुने सपन तिर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डंगोल , टोखा नगरपालिका, २ र ३ का वडा अध्यक्षहरू , प्रदीप पौडेल धन्यवादका पात्र छन्।

    संस्कृर्तिक सांस्कृर्तिक क्रियाकलापहरूलाई राजनीतिसंग मुछ्नु हुंदैन। सांस्कृर्तिक सम्पदाहरूको संरक्षण , संवर्द्दन र विकास टोखामा निरन्तर भईरहनु पर्ने क्रियाकलापहरू हुन्। यसमा राजनीतिक अवरोधहरू हुनु हुंदैन। सपन तिर्थ क्षेत्रमा धेरै समस्याहरू होलान तर दृढताका साथ अघि बढन अध्यक्ष देवराज डंगोलले पनि यसको विकास र सन्चालनमा केही सुधारहरू गरेका छन्। यसमा राजनीतिक रूपले जोडिराख्नु भने कदापी उचित होइन्। अब आउने दिनमा सपनतिर्थको महिमा विश्वजगतमा समेत बढ्दै जाओस। यही सत्यलाई टोखाको जनता र राष्टपति दुवैले बुझ्नु परेको छ।

    Facebook Comments Box