• बैशाख १ गते फ्रेण्डशिप साँस्कृतिक कार्यक्रम हुने

    टोखा टाइम्स, चैत्र २५ । बैशाख १ गते ‘फ्रेण्डशिप साँस्कृतिक कार्यक्रम-२०८१’ हुने भएको छ । फ्रेण्डशिप ग्रुप अफ टोखाले आफ्नो १४ औं वार्षिकोत्सव तथा नयाँ वर्ष २०८१, सपनातीर्थ मेला एवम् टोखा बिस्काः जात्राको उपलक्ष्यमा ‘फ्रेण्डशिप साँस्कृतिक कार्यक्रम-२०८१’ को आयोजना गर्न लागेको हो ।

    बैशाख १ गते हुने साँस्कृतिक कार्यक्रममा यस कुमार, टिका प्रसाई,बिश्व नेपाली, वज्र ट्युन्स, दारी बा/चम्सुरी, कुलेन्दर बि.क, आरडी, सुजिता डंगोल, रोशन कर्मचार्य लगायतका कलाकारको प्रस्तुतिका साथै विभिन्न साँस्कृतिक नृत्यहरुसमेत प्रस्तुत हुने आयोजकले जनाएको छ ।

    कार्यक्रम बिहान ११:०० बजेदेखि टोखाको थनेलाछीमा सुरु हुनेछ ।

    Facebook Comments Box