टोखा टाइम्स, काठमाडौं । टोखा नगरपालिकाले बिष्णुमती खोलाको वाहाव तथा करिडोर निर्माण गर्ने नापजाँचको लागि कार्यदल गठन गरेको छ ।
नगरपालिकामा आज बसेको बैठकले सो कार्यदलको अध्यक्षमा रामभक्त घिमिरेलाई संयोजकको जिम्मेवारी दिएको हो । कार्यदलको सदस्यहरुमा वडा अध्यक्ष घनश्याम खड्का ,शान्ता पौडेल रमेश खत्रि ,रमेश डगोल ,धर्मेन्द्र श्रेष्ठ तथा अधिकार सम्पन्न वागमतीबाट २ जना ,उपत्यका बिकाश प्राधिकरणबाट २ जना , नापी कार्यलय २ जना प्रतिनिधि रहनेछन भने सदस्य सचिव बिजेन्द्र श्रेष्ठ रहेका छन ।
आज बसेको बैठकमा नगर प्रमुख प्रकाश अधिकारी , उपप्रमुख मुरारी तामाङ्ग , प्रशासकिय प्रमुख शेर बहाद्र बी.सी वडा अध्यक्षहरु, उपत्यका बिकाश प्रधिकरण, अधिकार सम्पन्न वागमती र नापी कार्यलय र नगर प्राबिधिक सहितका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यदलले बिष्णुमती खोलाको वाहाव तथा करिडोर निर्माण गर्ने नापजाँचको विस्तृत अध्ययन गरी आबश्यक पक्रीया पुरा गरी काम अघाडि बढाउने छ ।