• टोखा बिस्का: जात्रा विशेष: आज खट स्नान गरिदैँ

    टोखा टाइम्स, बैशाख ३ ।  बैशाख १ गते धार्मिक तथा ऐतिहासिक तीर्थस्थल सपनतीर्थ मेलासँगै विधिवट रुपबाट सुरुभएको  बिस्काः  जात्राको आज तेस्रौँ दिन नारायण पोखरीमा देवीदेवताका खट स्नान गरिदैँ छ । यस दिनको जात्रा बिस्काः नखः को बिशेष जात्राका रुपमा लिइन्छ । आजको जात्रालाई गहना खोज्ने जात्राको रुपमा समेत लिइन्छ ।

    हिजो सिन्दुर जात्राका साथ खटहरुलाई नगर परिक्रममा पश्चात थनेलाछीमा विसाइएको देवीदेवताको खाटलाई विशेष सिन्दुर जात्राका साथ विहानको प्रातकालिन समयमा बाजागाजा सहित नगरपरिक्रमा गराई हासल टोलमा बिसाइन्छ ।

    हासल टोलमा बिसाइन्छ राखेको देवीदेवताका खटहरुलाई दिउँसो ३ बजेतिर तलेजुबाट गणेशकुमारी सहित सरकारी पूजा पश्चात भब्य सिन्दुर जात्राकासाथ नारायण पोखरीमा स्नान गराइनेछ । नारायण पोखरीमा स्नान पश्चात खटलाई जात्रा गरी मसानकाली मन्दिर परिसर परिक्रमा गरेर पुनः पोखरी मार्ग भएर नगर परिक्रमा गराई कोनेलाछीमा सबै खटहरु बिसाइन्छ । रात्रीकालिन समयमा जस्तै मत्या जात्रामा कोनेलाछीमा रहेको दबलीमा टोखाको मौलिक याँ प्याखँ, नाग प्याखँ लगायतको मौलिक साँगीतिक प्याखँ (देवी नाच) प्रदर्शनी गरिन्छ । त्यस्तै देवीदेवताको खट अगाडि रातभरी भजनकृतन गरी जागा रहन्छन् ।

    जात्रामा सपनविनायक, गणेश, कोथु गणेश, पिगण द्यः, चण्डेश्वरी भगवती , सरस्वती र महादेवको जात्रा गरिन्छ ।

    Facebook Comments Box