• टोखा टाइम्स

    • प्रकाशित मिति:१७ बैशाख २०८१, सोमबार


    बिज्ञापन
  • टोखा नगरपालिका-३ द्वारा सामाजिक सुरक्षा भत्ता खाइपाई आएकाहरूलाई सम्मान

    टोखा टाइम्स, काठमाडौं । टोखा नगरपालिका-३ ले सामाजिक सुरक्षा भत्ता खाइपाई आएकाहरूलाई सम्मान गरेको छ । टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा भएको उक्त सम्मान कार्यक्रममा वडा भित्रका सामाजिक सुरक्षा भत्ता खाइपाई आएका जेष्ठ नागरिक, एकल महिला तथा भिन्नरूपले सक्षम मानवहरूलाई आज एक कार्यक्रम बीच सम्मान गरिएको हो ।

    वडाध्यक्ष रमेश डंगोलको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा वडाध्यक्ष डंगोल सहित नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ वडा सदस्य शान्ता राई, राममाया नेपाली, हरिकृष्ण श्रेष्ठ र हरिभक्त श्रेष्ठले वडा भित्रका सामाजिक सुरक्षा भत्ता खाइपाई आएका जेष्ठ नागरिक, एकल महिला तथा भिन्नरूपले सक्षम मानवहरूलाई फाइबरको सिरक सहित सम्मान गरिएका थिए ।

    ३ वडामा ३९१ जेष्ठ नागरिक, ४७ एकल महिला, ७० एकल विद्युवा महिला, ३ पुर्ण शारिरीक अशक्त, १२ आंशिक अशक्त  र ९ दलित बालबालिका गरी कुल ५३६ जनाले सामाजिक सुरक्षा भत्ता खाइपाई आएका छन्  ।

    सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुहुने महानुभावहरूको लागि सम्मान कार्यक्रम २०८१/०१/१७ सोमबार, टोखा नगरपालिका ३ वडा कार्यालय, टोखा सरस्वती ( तिन नं.वडा कार्यालय टाेखानगरपालिका ) Ramesh Dangol Sanu Shrestha Hari Krishna Shrestha Shanta Rai Subindra Shrestha

    Posted by Tokha Times on Sunday, April 28, 2024
    Facebook Comments Box