• विश्व वातावरण दिवस मनाइयो

    टोखा, जेठ २३ गते ।‘हाम्रो भूमि,हाम्रो भविष्य’ भन्ने विश्वव्यापी नाराका साथ टोखामा विविध कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस २०८१ मनाइएको छ । 

    टोखा नगरपालिका तथा ११ वटै वडाहरुको आयोजनामा छुट्टाछुट्टै सचेतनामूलक प्रभातफेरी, सरसफाई, वृक्षा रोप्न, अन्तरक्रिया तथा विविध कार्यक्रमको गरी विश्व वातावरण दिवस मनाइएको हो । 

    त्यस्तै, टोखा नगरपालिका २ वडा कार्यालयलले विहान सचेतनामुलक प्रभात फेरी कार्यक्रमसँगै वडास्तरीय अन्तर विद्यालय वक्तृत्व कला तथा हजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको थियो । विश्व वातावरण दिवसको अवसरमा आयोजित सचेतनामुलक प्रभात फेरी कार्यक्रममाजनप्रतिनिधि विभिन्न संघ संस्था, विद्यार्थी ,टाेल विकास संस्था,महिला समूह,महिला स्वास्थ्य स्वयं सेविका तथा राजनीति दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

    साथै वडास्तरीय अन्तर विद्यालय वक्तृत्व कला तथा हजिरी जवाफ प्रतियोगिता अन्तर्गत आज बुधबार वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । जसमा गणेश इङ्गलिस सेकेन्डरी स्कुलकी समिक्षा डंगोल प्रथम भएइकी छन् । त्यस्तै क्रमशः डिभाइन स्कुलकी लिना जोशी द्वितीय, ओएसी स्कुलकी सविता तामाङ तृतीय भइन भने चण्डेश्वरी माध्यमिक विद्यालयकी शर्मिला तामाङले सान्तोना स्थान हासिल गर्न सफल भइन ।

    प्रतियोगिता अन्तर्गत भोलि बिहिबार अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता वडाकार्यालय परिसरमा आयोजना हुनेछ । भने कार्यक्रम २५ गते शुक्रबार समापन गरिने वडाकार्यालयले जनाएको छ ।

    Facebook Comments Box