• रामदयाल राकेशको नयाँ पुस्तक विमोचन

    टोखा टाइम्स। १० श्रावण २०८१

    साहित्यकार डा. रामदयाल राकेशको नयाँ पुस्तक “मिथिलान्चलका महान चाडपर्वहरू” ९नामको पुस्तक आज एक कार्यक्र बीच लोकार्पण भएको छ। नेपाली भाषामा प्रकाशित ७८ पृष्ठको मिथिलामा साॅस्कृतिक महत्व बोकेका चाडपर्वको समोवश गरिएको छ।

    पुस्तकमा मिथिलाका स्थानीयले मनाउने गणेश पूजन, फागु, झूलनोत्सव, महाशिवरात्री , नागपन्चमी जस्ता चाखलाग्दा चाडपर्वको बारेमा सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको सो पुस्तकको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा मिथिला संस्कृतिबारे जानकारी गराउने प्रयास गरिएको छ।

    नेपाली तथा मिथिला साहित्यमा दख्खल राखेका लेखक राकेशका यसअघि झन्डै तीन दर्जन पुस्तक प्रकाशित भइसकेका छन्।

    Facebook Comments Box