• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१ भाद्र २०८१, शनिबार


    बिज्ञापन
  • ‘स्मृति भाव सागर’ शोक पुस्तक लोकार्पण, यस वर्ष ३६ जना दिवंग, क्यान्सरबाट मृत्यु हुने धेरै

    टोखा टाइम्स, १ भाद्र । प्राचीन टोखाको कला, संस्कृति र संस्कारसँग सम्बद्ध दिवंगत स्वर्गीय महानुभावहरुको स्मृतिमा दिवंगत हुनुभएकाहरुको फोटो र परिचय संग्रहित शोक पुस्तक ‘स्मृति भाव सागर – ५ औं संस्करण’ लोकार्पण भएको छ ।

    भावी सन्ततिलाई पुर्खाको बिरासत र सामाजिक योगदानका कर्म, कार्यलाई चिरकालसम्म जीवन्तता दिने परिकल्पनाका साथ नेवाःगुथि तोखाद्वारा प्रकाशित बिचा हायक “स्मृति भाव सागर” शोक पुस्तकको आज एक कार्यक्रमका बिच टोखा नगरपालिका-३ का वडाध्यक्ष रमेश डंगोलको प्रमुख आतिथ्य, २ नं वडाका वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठको बिशिष्ट आतिथ्यमा ३ नं वडा कार्यालयको सभाहलमा लोकार्पण गरिएको हो । लोकार्पण कार्यक्रमको आयोजना नेवाः गुथि तोखाले गरेको थियो ।

    नेवाः गुथि तोखाका अध्यक्ष रमेश नापितको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तलेजुका मुः नाय हेमराज श्रेष्ठ तथा टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठको विशेष आतिथ्य टोखा-३ वडाका वडासदस्य द्वय हरिकृष्ण श्रेष्ठ र राममाया नेपाली रहेको थियो ।

    टोखा नगरपालिका २ र ३ वडाको सहयोगमा प्रकाशित उक्त पुस्तकको लोकापर्ण कार्यक्रममा उपस्थित दिवंगतका परिवार जनलाई फोटो सहितको श्रद्धाञ्जली तस्वीर वितरण गरिएको थियो ।

    ३६ जना दिंवगत, क्यान्सरबाट मृत्यु हुनेको संख्या धेरै

    प्राचीन टोखा भित्र २०८० भाद्र २३ गतेदेखि २०८१ श्रावण २७ गतेसम्म ३६ जना दिवंगत भएका छन् । प्रकाशित पुस्तकको तथ्यांक अनुसार क्यान्सर रोगका कारण मृत्यु हुनेको संख्या धेरै रहेका छन् । जसअनुसार ११ जना क्यान्सरका कारण मृत्यु भएका छन् भने १ जना मुटु रोग, ४ जना हृदयघात र २ जना मृगौला, ४ जना दम १ हात्तीपाइले, १ जन्डिस, १ पक्षघात, ६ कालगती, १ आत्महत्या र ४ अन्य रोगका कारण मृत्यु भएका छन् ।

    लिंग अनुसार मृत्यु हुनेमा १७ महिला र १९ जना पुरुष रहेका छन् । त्यस्तै, स्थानगत १७ घर १७ अस्पताल र २ बाटोमा दिवंगत भएका छन् । उमेरगत ११-३० उमेर समूह १ जना, ३१-५० ३, ५१-६० ६, ६१-७० ६, ७१-८० ९, ८१-९० ९ र ९०-१०० २ जना दिवंगत भएका छन् ।

    Facebook Comments Box