• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१० भाद्र २०८१, सोमबार


    बिज्ञापन
  • ‘झीगु तोखा देय्’ स्थानीय पाठ्यपुस्तक सार्वजनिक

    टोखा टाइम्स, भाद्र १० टोखा नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक ‘झीगु तोखा देय्’ तयार पारेको छ । बाल बिकास कक्षा देखि ३ सम्म तयार उक्त पाठ्यपुस्तक टोखा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आज आयोजित एक कार्यक्रमका बीच सार्वजनिकरण गरिएको हो ।

    नेपालभाषाको पाठ्यपुस्तक सार्वजनिक गर्दै नगर प्रमुख प्रकाश अधिकारीले यो सिंगो नगरपालिका र नगरवासीको लागि ऐतिहासिक सफलता भएको बताए ।

    ‘हामीले महानगरको भन्दा उत्कृष्ट पुस्तक बनाएका छौं । हाल २ र ३ वडा साविक टोखा चण्डेश्वरी र सरस्वती गा.वि.स. का सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ३ सम्म नेपालभाषा पठनपाठन भैरहेको छ । यो सुरूवाट हो । यसलाई अझै परिमाजित संशोधन गर्दै कक्षा ८ सम्म पठनपाठन गराउने र नेपालभाषालाई नगरपालिकाभर लागू गर्न बृहत् भेला आयोजना गर्ने छौं ।’ उनले भने।

    नेवा: समुदायलाई आफुले उपेक्षित नगरेको भन्दै नगरप्रमुख अधिकारीले नगरपालिकाले नगरभित्र रहेका सबै भाषा, धर्म , संस्कृति तथा जातजातिको सम्मान गर्दै आएको र सदैब गरिरहनेछ । तीनको उत्थानका लागि आवश्यक साथ सहयोग नगरपालिकाको रहनेछ ।

    कार्यक्रममा बोल्दै नगर उपप्रमुख मुरारी तामाङले टोखाको सान र मान सांस्कृतिक सम्पदाका धनी जसको नामबाट टोखा नगरपालिका नामकरण भयो त्यो समुदायको भाषालाई नगरपालिकाले सम्मान गर्ने बताए ।

    ‘टोखा नगरपालिकाको मुटु हो, यहाँको स्थानीय मातृभाषा नेपालभाषा पठनपाठनलाई १ देखि ११ वटै वडाका विद्यालयमा अनिवार्य लागू गर्न आफुले सहयोगी भूमिका निर्वाह गर्नेछु । यसका लागि आफ्नो तर्फवाट साथ सहयोग गर्नेछु ।’ उनले भने ।

    शिक्षा नीति असल भएमा समाज, गाउँ अनि देश समृद्ध हुने भन्दै पाठ्यपुस्तक बनाउदा केवल पढाउनका लागि मात्र नभई विद्यार्थीहरूको सर्वाङ्गिन विकासको गर्ने पाठ्यपुस्तक बनाउनु पर्नेमा जोड् दिनुपर्ने टोखा नगरपालिका -२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले बताए ।

    Facebook Comments Box