• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१० भाद्र २०८१, सोमबार


    बिज्ञापन
  • अनागारिका चित्तारक्खिनीको “ध्यान भावनामा आर्य मौनको महत्व” पुस्तक विमोचन

    टोखा टाइम्स, काठमाडौं । भाद्र १०, २०८१

    बौद्ध दर्शनमा एम ए गरेका अनागारिका चित्तारक्खिनी द्दारा लिखित “ध्यान भावनामा आर्य मौनको महत्व” पुस्तक सोमवार विमोचन भएको छ।

    विशिष्ट अतिथि भिक्षु धर्मगुप्त महास्थविर र प्रमुख अतिथि लुम्बिनी बौद्द विश्व विधालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्यले संयुत्त रूपमा उक्त पुस्तक विमोचन गरेका हुन्। पुस्तक विमोचनसँगै कार्यक्रममा भिक्षु एवं अनगारिका गुरुमाँहरुमा संघदान गरिएको थियो।

    कार्यक्रमलाई सम्वोधन गर्दै प्रा. डा. सुवर्णलाल बज्राचार्यले बुद्ध धर्म वैज्ञानिक तथ्यमा आधारित दर्शन भएको बताए। यो पुस्तकले सहयोग पुग्ने विश्वास व्यक्त गरे। “समाज भड्किरहेको छ, मानिसमा निराशा छाइरहेको छ, तनाव व्यवस्थापन नहुँदा बर्सेनि थुप्रै व्यक्तिले आत्महत्याको बाटो रोज्नुपरेको छ, निराशालाई व्यवस्थापन गर्नका लागि यस्ता ध्यान , साधना र आर्य मौन पुस्तकले सहयोग पुग्नेछ”, उनले भने।

    पुस्तकका लेखिका अनागारिका चित्तारक्खिनी पुस्तकमा संसारबाट दु:ख र कष्टबाट मुत्त हुनको लागि तथा मनलाई स्थिर कसरी गर्ने भन्ने कुरालाई समावेश गरिएको जानकारी दिइन। उनले ध्यान र आर्य मौनले मानिसमा नयाँ ऊर्जा पैदा हुने र मानिसमा हुने अस्थिरता नियन्त्रण हुने भन्दै पाठकका लागि पुस्तक सहयोगी बन्ने विश्वास व्यक्त गर्नु भयो।

    लुम्बिनी बौद्ध विश्वविद्यालयले यस शोधलाई प्रामाणिक गरिसकेकोहुनाले यसलाई महत्वका साथ हेरिएको र सोमवार भएको विमोचन समारोहमा यो शोधग्रन्थको विषयमा विभिन्न वक्ताहरुको महत्वका साथ आफ्नो धारणा राखेका थिए । त्यसैले उनको कृतित्वको महिमा बढेको छ ।

    Facebook Comments Box