• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१४ भाद्र २०८१, शुक्रबार


    बिज्ञापन
  • अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता सम्पन्न, लक्ष्मीपुर स्कुल विजयी

    टोखा । लक्ष्मीपुर इङ्गलिस माद्यमिक विद्यालय टोखाको आयोजनामा ‘अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता-२०८१’ सम्पन्न भएको छ । टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा आज ‘अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता-२०८१ ‘सम्पन्न भएको हो ।

    नजिकिदै गरेको तीज लक्षित गरेर आयोजना गरेको प्रतियोगितामा लक्ष्मीपुर इङ्गलिस माद्यमिक विद्यालय ‘जेलैमा हो जेलैमा …’ विजयी भएको छ । त्यस्तै प्रज्ञान विद्यालय ‘फेरि आयो तीजको रहरबरि लै…’ द्वितृय र पब्लिक मा.वि. ‘छड्के तिलहरी…’ तृतीय भएका छन् ।

    प्रतियोगितामा वेस्ट फेसिएल एक्सप्रेशन स्मृति दुलाल, वेस्ट एनर्जेटिक परफमेंस प्रिया निरौंला, वेस्ट कोरियोग्राफर रेशम मगर, वेष्ट स्टेज कभरेज चन्द्रविन्दु स्कुल र वेष्ट ड्रेसअप एन्जल्स प्याराडाइज स्कुलले हाल पार्न सफल भए ।

    विद्यालयका प्रधानाध्यापक राजेश श्रेष्ठको सभाध्यक्षतामा सञ्चालन भएको उक्त प्रतियोगितामा विजयी टिमलाई पत्रमाण पत्र, मेडलका साथै ट्रफी प्रदान गरेको थियो ।

    तस्वीर: रमेश श्रेष्ठ

    Facebook Comments Box