• टोखा नगरपालिका-१० को आधारभूत स्वास्थ्य केन्द्र रेडक्रस भवनबाट सञ्चालन

    टोखा टाइम्स, काठमाडौं,१९ भाद्र । टोखा नगरपालिका- १० को आधारभूत स्वास्थ्य केन्द्रले रेडक्रस भवनबाट आफ्नो सेवा सञ्चालन गरेको छ । बुधबार एक कार्यक्रम गरी गंगबुमा रहेको रेडक्रस भवनबाट आफ्नो सेवा सञ्चालन गरेको हो ।

    नगर प्रमुख प्रकाश अधिकारीले रेडक्रस भवनमा रिवन काटेर तत्कालका लागि आधारभूत स्वास्थ्य केन्द्रको सेवा सञ्चालनमा सहजिकरण गरिएको बताए । आगामी दिनमा अझै फराकिलो ठाउँमा जान सकिन्छ उनले भने ।

    नगर प्रमुख अधिकारीले टोखा नगरपालिकाको ‘एक वडा, एक आधारभूत स्वास्थ्य केन्द्र’ स्थापना गर्ने नीति अनुरूप नगरपालिकाको ११ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्न सफल भएको कार्यक्रममा जानकारी दिए ।

    त्यस्तै, १० वडाका अध्यक्ष मचाकाजी महर्जनले वडाबासीको स्वास्थ्य सेवाका लागि वडा कार्यालय र नगरपालिकाको सधैं साथ सहयोग रहने बताए ।

    आजदेखि शुभारम्भ गरेको रेडक्रम भवनमा विगतमा स्थानीयबासीहरुले गणेश मन्दिर राख्ने द्यः छेँ (देउता घर)का लागि बनाइए पनि पछि रेडक्रसलाई डाक्टरसहितको स्वास्थ्य सेवा प्रदानका लागि लामो समयदेखि दिइएको स्थानीय समाजसेवी राकेससिंह महर्जनले बताएका छन् । महर्जनकाअनुसार स्थानीय तह आइसकेपछि स्वास्थ्य सेवालाई सहजिकरण र विस्तारमा सहज पुगोस भनेर अहिले वडा नं. १० को आधारभूत स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेकाे बताए ।

    कार्यक्रममा नगर उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सी लगायत विभिन्न वडाका जनप्रतिनिधिहरु, स्वयमसेविका र कर्मचारीहरुको बाक्लो सहभागिता रहेको थियो ।

    Facebook Comments Box