• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२१ भाद्र २०८१, शुक्रबार


    बिज्ञापन
  • साँखुको प्रतिनिधि टोली सांस्कृतिक झाँकी सहित शनिबार टोखा आउँदै

    टोखा टाइम्स, २१ भाद्र । टोखा र साँखु बीच सांस्कृतिक मैत्री सम्बन्ध स्थापनार्थ शनिबार साँखुको प्रतिनिधि टोलि टोखा आउने भएको छ । प्राचीन सांस्कृतिक ऐतिहासिक नगरी टोखा र साँखुबीच अर्काको साँस्कृतिक सम्बन्धलाई अझ प्रघार बनाउन साँखुको प्रतिनिधि साँस्कृतिक झाँकी सहित टोखा आउन लागेको हो ।

    गत महिना साँखुको निमन्त्रणामा टोखाको प्रतिनिधि टोली साँखु पुगेका थिए । साँखु पुगेर टोखाको लाखे प्याखं (नाच) प्रस्तुत गरेकन थिए । भोलि शनिबार टोखाको निमन्त्रणामा साँखुका प्रतिनिधि टोलि बँमन्हु र सिंहबीर प्याखं सहित टोखामा आउन लागेको नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापितले बताउनु भयो ।

    उक्त टोलि दिउँसो १२:०० बजे टोखामा आइपुग्ने छन् । करिव २:०० बजेदेखि बँमन्हु र सिंहबीर प्याखं प्रस्तुत गर्ने कार्यक्रम तय भएको अध्यक्ष नापितले जानकारी दिनुभयो । उहाँले उक्त टोलिको स्वागत गर्न तथा प्रस्तुति अवलोकन गर्नका लागि सम्पुर्ण टोखाबासीहरूमा अनुरोध गरेका छन् ।

    Facebook Comments Box