• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२५ भाद्र २०८१, मंगलवार


    बिज्ञापन
  • टोखा नगरपालिकाको “आ.ब.२०८०/८१ को वार्षिक समीक्षा कार्यक्रम”

    टोखा टाइम्स, २५ भाद्र ।ड
    टोखाको आ.व. २०८०/८१ को वार्षिक समीक्षा
    टोखा नगरपालिकाले आफ्नो आर्थिक वर्ष २०८०/८१ को वार्षिक समीक्षा गरेको छ । मंगलबार नगर प्रमुख प्रकाश अधिकारीको अध्यक्षतामा नगरपालिकाको सभाहलमा समीक्षा कार्यक्रम सञ्चालन गरिएको हो।

    कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यक्रमको अौंचित्यमाथी प्रकाश पार्दै प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बी.सीले वार्षिक समीक्षाले विगतमा गरेका र भएका कमीकमजोरीहरूलाई सुधार्दै आगामी दिनहरूमा शतप्रतिशत कार्य सम्पादन गर्ने कार्यमा महत्त्वपूर्ण भुमिका रहने भएकाले समग्र टोखा नगरपालिकाको वार्षिक समीक्षा कार्यक्रको आयोजना गरिएको बताउनुभयो ।

    https://www.facebook.com/share/v/17gqnSNkWv/?mibextid=oFDknk

    कार्यक्रममा नगरपालिकाको विभिन्न विषयगत समिति तथा वडाको आ.व. २०८०/८१ मा भएको वार्षिक प्रगति विवरण प्रस्तु गरेको थियो ।

    कार्यक्रममा लेखा समिति, सामाजिक तथा सुशासन, प्रशासन, विप्द तथा वातावरण, भौतिक पुर्वाधार समितिका साथै १,२र३ वडाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

    कार्यक्रम सञ्चालन भैरहँदा १ वडा कार्यालय झोरमहाँकालमा कार्यरत वरिष्ठ सहायक नवराज दुलालको निधनको खबरले कार्यक्रम स्थगन गरेको थियो । बाँकी वडाको प्रगति विवरण अर्को मिति तय नभएसम्मका लागि स्थगन हुनेछ ।

    भोलि शोक बिदा
    वरिष्ठ सहायक कर्मचारी नवराज दुलालको निधनमा भोलि नगरपालिकाले शोक बिदा दिने भएको छ । प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बीसीले आजै एक सूचना जारी गर्दै भोलि नगरपालिकाले शोक बिदा दिने जनाएको हो । भोलि नगरपालिका, वडा कार्यालयका साथै स्वास्थ्य चौकी समेेत बन्द रहने छ ।

    Facebook Comments Box