• टोखा चण्डेश्वरी अस्पतालमा नि:शुल्क मिगौंला परीक्षण शिविर हुने

    टोखा, १८ असोज । टोखास्थित टोखा चण्डेश्वरी अस्पतालमा गते भोलि शनिबार निःशुल्क मिगौंला परीक्षण शिविर हुने भएको छ । ‘स्वस्थ मिगौंला, स्वस्थ नेपाल’ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘मिगौंला रोग स्कृनिङ’ अभियान अन्तर्गत भोलि नि:शुल्क शिविर हुन लागेको हो ।



    टोखा नगरपालिका २ वडाकार्यालय र मिगौंला बचाउ अभियानको सहयोगमा राष्ट्रिय मिगौंला उपचार केन्द्रको प्राविधिक सहयोगमा आयोजना हुन लागेको उक्त शिविरमा बिहान ८ बजेदेखि १२ बजेसम्म आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।



    समयमै रोगको उपचार गरे मिगौंला बिग्रन नदिने उद्देश्यले आयोजिक शिविरमा सहभागी भै स्वास्थ्य लाभ लिनुहुन टोखा नगरपालिका २ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले सम्पुर्ण टोखाबासीहरूमा अनुरोध गरेका छन् ।

    Facebook Comments Box