• ट‍ोखा उद्यमी बहुउद्देश्यीय सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा सम्पन्न

    १८ असोज, टोखा । ट‍ोखा उद्यमी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

    टोखा उद्यमी बहुउद्देश्यीय सहकारीको अध्यक्ष सत्यदेवी डंगोलको अध्यक्षतामा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा ट‍ोखा सहकारी शाखा प्रमुख कमला कार्कीको विशिष्ट आतिथ्यतामा टोखाको सद्भाव व्याङक्वटमा आयोजित कार्यक्रममा संस्थाको वार्षिक प्रगति विवरण, विनियम संशोधन तथा भावि नीति र कार्यक्रमहरुको प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष ०८०/८१ को चौथो वार्षिक साधारण सभा सहकारीले शनिबार सम्पन्न गरेको हो ।

    सभामा संस्थाको अध्यक्ष सत्यदेवी डंगोलले आ.व २०८०⁄८१ वार्षिक प्रतिवेदन पेश गरिन् । संस्थाको गत आर्थिक वर्षमा शेयर पूँजीमा १ करोड ३६ लाख ६४ हजार ६ सय, निक्षेप संकलन ३ करोड ३५ लाख ९६ हजार एक सय ३५ रुपयाँ र शेयर सदस्यहरुलाई विभिन्न शीर्षकमा ३ करोड ७५ लाख ४९ हजार ३ सय २५ रुपयाँ ऋण लगानी रहेको छ । आ.व २०८०/०८१ मा संस्थाले १६ लाख ४२ हजार २ सय ७९.४२ रुपयाँ मात्र नाफा गरेको छ ।

    कार्यक्रममा उत्कृष्ट निक्षेपकर्ता र उत्कृष्ट ऋणीलाई सम्मान गरेको थियो । उत्कृष्ट निक्षेपकर्ता तर्फ राम कार्की, रूपेश तामाङ, शान्ति देवी थापा, उत्सव पाण्डे, पञ्चमाया डंगोल, निश्चल श्रेष्ठ, नारायणदेवी श्रेष्ठ, रमेशकुकार गुरूङ सम्मानित भए । त्यस्तै, उत्कृष्ट ऋणी तर्फ तिर्थ नारायण श्रेष्ठ, टीका प्रका गुरूङ, धनध्वज तामाङ, देव बहाखुर तामाङ, मीन बहादुर तामाङ र सुमन सुनार सम्मानित भए । साथै इमानदारी र कर्तव्यनिष्ठ रही कर्मठ रूपमा कारणय सम्पादन गर्ने कर्मचारीलाई बधाई तथा सम्मान स्वरूप मायाको चिनो प्रदान गरेको थियो ।

    संस्थाले न्यून्तम दरमा सेयर सदस्यहरुलाई ऋण लगानी गरी उत्पादनशिल क्षेत्रमा लगानी गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ ।

    संस्थाको उपाध्यक्ष संगीता डंगोलले स्वागत गरेको कार्यक्रममा कोषाध्यक्ष आनन्द कुमारी श्रेष्ठले वित्तिय अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गरिन् । लेखा समिति संयोजक संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गरिन् ।

    सहकारी संस्थाका सचिव सुशिला श्रेष्ठले सञ्चालन गरेको कार्यक्रम टोखा नगरपालिका २ र ३ वडाध्यक्षद्वय धर्मेन्द्र श्रेष्ठ र रमेश डंगोल, संस्थाका सल्लाहकार प्रकाश डंगोल, बुद्घी हरी श्रेष्ठ, कानुनी सल्लाहकार राजकाजी डंगोल, टोखा मिडिया नेटवर्कका अध्यक्ष तथा टोखा टाइम्सका सम्पादक सुबिन्द्र श्रेष्ठ, टोखा फोटो स्टुडियोका प्रोपाइटर शुकराम श्रेष्ठ लगायतको आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

    नयाँ कार्यसमिति चयन

    संस्थाको चौथो साधारणसभाबाट नयाँ कार्यसमितिको चयन गरेको छ । कार्यसमितिका कोषाध्यक्ष आनन्दकुमारी श्रेष्ठ समितिबाट विदाई भइन भने उनको स्थानमा रिता श्रेष्ठ कोषाध्यक्षको रूपमा चयन भएकी थिइन ।

    सत्यदेवी डंगोलको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा संगीतन डंगोल, सचिवमा सुशील श्रेष्ठ र कोषाध्यक्षमा रिता श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यहरुमा रोजिना कर्मचारी, आशा कुमारीश्रेष्ठ, लक्ष्मीदेेवी श्रेष्ठ, पुनम श्रेष्ठ र शारदा डंगोल रहेका छन् ।

    संस्थाको लेखा उपसमितिको संयोजकमा शान्ति श्रेष्ठ र सदस्यमा न्हुच्छे माया डंगोल चयन भएका छन् । ऋण उपसमितिको संयोजक सरिता श्रेष्ठ सदस्य शान्ति श्रेष्ठ र निशा श्रेष्ठ रहेका छन् भने शिक्षा उपसमितिको संयोजकमा निर्माला डंगोल सदस्यमा सानुमाया श्रेष्ठ र सरिता डंगोल रहेका छन्।

    Facebook Comments Box