• टोखा टाइम्स

    • प्रकाशित मिति:१५ कार्तिक २०८१, बिहीबार


    बिज्ञापन
  • अवसादनग्रस्त नयाँ पुस्ता

    टोखा टाइम्स, यो मोबाइल चलाउनेलाई बालबालिकाका बारेमा केही थाहा छैन र तिनको सुरक्षाका कुनै उपाय नअपनाउने थाहा पाउनुभयो भने कस्तो लाग्छ ? झन् यस्तो बेलामा बालबालिकाले रुचाएका खण्डमा अभिभावकसँग एक शब्द पनि सोध्न नपर्ने, उनीहरुको चाहना नै सर्वोपरी हुने नियम रहेको थाहा पाउनुभयो भने के हुन्छ ?

    यस्तोमा तपाईं आफ्ना सन्तान जोगाउन जुन हदको संघर्ष गर्न सक्नुहुन्छ, त्यो गरेरै छाड्नु हुन्छ । हैन त ?

    नयाँ सहश्राब्दी लागेसँगै प्रविधि कम्पनीहरुले संसार बदल्ने उत्पादन बजारमा ल्याएका छन् । ती प्रविधि वयस्कहरुका लागि मात्र होइन, बालबालिकाका लागि पनि आएका छन् । सन् १९५० को दशकदेखि बालबालिकाले टेलिभिजन हेर्दै आइरहेका छन् तर प्रविधि कम्पनीले त हातैमा बोक्ने प्रविधि ल्याएका छन्, ती पर्सनालाइज्ड पनि छन् । ती अरुभन्दा रोचक र कुलतको हदसम्मका छन् । यसका बाबजुद कुनै पनि कम्पनीले बालबालिकामा पर्ने मनोअसरका बारेमा कुनै अध्ययन चलाएका छैनन् । हरेक वर्ष नयाँ नयाँ कुप्रभाव यिनले ल्याइरहेको देखिएको छ तर पनि प्रविधि कम्पनीले यसलाई अस्वीकार गर्दै आइरहेका छन् । उल्टै बरु झन् बढी बालबालिका झुम्मिने अवस्था सिर्जना गर्नेतर्फ साइकोलजिकल ट्रिकहरु प्रयोग गरिँदैछ ।

    त्यसैलाई प्रयोग गरेर बालबालिकाको तन र मन शोषण गर्नेहरुले नयाँ नयाँ शैली र शिल्प उपभोग गरिरहेका छन् । उनीहरुको हुर्कंदो मस्तिष्कलाई यसरी मोडिदैछु कि तिनका लागि उनीहरु तयारी माल भइरहेका छन् । यस्ता कम्पनी सामाजिक सञ्जाल छन्, तिनले त भर्खरैका युवतीहरुको दिमाग नै सुन्दर हुनु नै सबैभन्दा उपयुक्त कुरा हो भन्ने सिकाइरहेका छन् । भिडियो गेम कम्पनी र पोर्नोग्राफी साइटहरुले भर्खरैका किशोर मनहरुलाई आकर्षित गरिरहेका छन् । कुलतमा डोर्‍याउने गरी तयार पारिएका आकर्षक कन्टेन्टमार्फत उनीहरुलाई बालबालिकाको आँखा र कान खराब पारिँदैछ । उनीहरुको भौतिक खेल र व्यक्ति–व्यक्तिबीच हुने अन्तरक्रियालाई समाप्त पारिँदैछ । त्यो पनि यति वृहद् स्तरमा कि हामी सोच्न पनि सक्तैनौँ ।

    टोखा नगरपालिका –वडा नं २ का  १३ वर्षीय बालक गत असोजमा झुन्डिएको अवस्थामा फेला परे। बालक घरको माथिल्लो तल्लामा सलले  फलामको डण्डीमा झुन्डिएको अवस्थामा फेला परेको हो। बालकले आत्महत्या गर्नुको कारण भने आमाले गेम खेल्न मोबाइल नदिएको पत्ता लागेको छ।

    यस्ता कुलती संस्थालाई जिम्मेवार बनाउन कसले तिनलाई कानुनी दायरामा ल्याउने प्रयास गरेको छ ? कसैले पनि छैन । १३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई कुनै पनि सामाजिक सञ्जालमा जोड्नका लागि बाउआमाको सहमति चाहिन्छ तर अधिकांश मुलुकमा उमेर प्रमाणित गर्ने कुनै पनि निकाय वा कानुन छैन । इन्टरनेटमार्फत छोराछोरीहरु जहाँसुकै विचरण गर्न र उन्मुक्त हुन स्वतन्त्र छन् । (बेलायतमा सन् २०२३ मा नयाँ अनलाइन सुरक्षा ऐन बनाइएको छ भने अमेरिकामा यो नयाँ ऐन बनाउने तर्खर छ ।)

    यसरी सन् १९९५ यता जन्मिएका जेड पुस्ता (जेन जेड) यस्तो पुस्ता बन्न पुगेको छ, जो जन्मदै खल्तीमा सानो डिभाइस राखेर हिँडडुल गर्ने क्षमतामा पुगेको छ । उनीहरुले सो डिभाइसमार्फत आफ्नो वरपर नयाँ संसार जन्माउने भइसकेका छन् । त्यो संसार उत्तेजक छ, कुलती छ र अस्थिर छ । त्यो संसारमा सान्दर्भिक रहिरहन उनीहरुले आफ्नो ऊर्जाको अधिकांश समय त्यहाँ व्यतित गर्नुपर्ने हुन्छ । त्यहाँका ब्रान्ड, व्यक्त गरिएका धारणा, सचेतनापूर्वक खिचिएका तस्बिरहरु, भिडियो र जीवनबारे अझ सजग हुनुपर्ने हुन्छ । तब मात्र उनीहरुले त्यहाँ स्वीकृति पाउने छन् । नत्र त अनलाइन बेइज्जतीको भार वहन गर्नुपर्ने हुन्छ । जेड पुस्ताका किशोरकिशोरी त्यस्तो कृत्रिम संसारमा बढीभन्दा बढी समय र घण्टौँ बिताइरहेका छन् र खुसी भएको नाटक रचिरहेका छन् । जति बढी उनीहरु त्यहाँ समय बिताउन् भनी अनेक किसिमका डेटा अल्गोरिदम निर्माण गरिएका छन् । यस्तोमा उनीहरु समाजसँग कम संवाद गरिरहेका छन् । भौतिक रुपमा कम खेल खेलिरहेका छन्, कुराकानी, अँगालो हालिरहेका छन्, आँखा त झनै जुधाइरहेका छैनन् । सामाजिक व्यवहारमा उनीहरुको कमभन्दा कम उपस्थिति र सहभागिताले एउटा सफल मानव विकासका लागि बाधा उत्पन्न गरिरहेको छ ।

    त्यसैले पनि जेड पुस्ताका सदस्यहरु हुर्काइको नयाँ क्रान्तिकारी बाटोमा छन् । वास्तविक संसारबाट उनीहरु अलग छन् । वास्तविक संसारमा त उनीहरूले विरलै संवाद गर्छन् । यसलाई हामीले ‘द ग्रेट रिवायरिङ अफ चाइल्डहूड’ नामकरण गर्न सक्छौँ । यस्तो लाग्छ मानौँ, उनीहरु यस्तो प्रयोगको पहिलो पुस्ता बनेका छन् ।

    बानेश्वरमा गत वर्ष १४ बर्षीय बालिकाले बिष खाएर आत्महत्याको प्रयास गरिन ! कारण रैछ,धनाढ्य बाउले छोरीलाई दिएको गाडी उपहार र सगै ड्राइभर पनि ! ड्राइभर संगको प्रेम र पारीवारिक  बेमेलले मृत्युको बाटो देखायो…छोराछोरीलाई के दिने के नदिने ? बाबुआमाले यतिसम्म त ख्याल राखौ न  हो ।

    सन् २००० सम्म किशोर किशोरीहरुमा मानसिक रोग निकै कम देखिन्थ्यो । तर अचानक सन् २०१०को दशकसम्म आइपुग्दा अवस्था परिवर्तन भयो । सन् २०१५ सम्म आइपुग्दा बेलायत र अमेरिका, क्यानडा र अस्ट्रेलिया तथा संसारभर नै युवा दुश्चिन्ताको लहर नै चल्यो । उनीहरु अवसादको शिकार बन्न पुगे भने अधिकांशमा आत्महत्याको लहर चल्यो । लामो समयसम्म ‘दुःखी, खालीपन अथवा अवसादग्रस्त’ महसुस गर्ने अमेरिकी किशोरकिशोरीहरुमा लामो समयसम्म ‘कुनै पनि कुरामा रुचि घटेको, अल्छी लाग्ने गरेको र पहिलेजस्तो केही पनि रमाइलो नलाग्ने’ अवस्थामा पुगिसकेका छन् । यो अवसादको शास्त्रीय लक्षण हो । यस्तो लक्षण १५० प्रतिशतले बढिरहेको छ । अर्को शब्दमा मानसिक रोग महामारीको दरले बढिरहेको छ । चाहे पुरुष हुन्, स्त्री हुन्, चाहे धनी हुन्, चाहे गरिब, चाहे काला हुन्, चाहे गोरा ती सबैमा अवसाद उच्च छ ।

    सन् २०२० मा सङ्कलित तथ्याङ्कअनुसार अमेरिकाका प्रत्येक चार जनामध्ये एक जना किशोरी अवसादले ग्रस्त छन् । सन् २०२१ मा सारा संसार कोभिड १९ का कारण बन्दाबन्दी हुँदा अवस्था झनै बिग्रन पुग्यो ।

    केही मनोचिकित्सकहरुले भने यसलाई उति महत्व दिएका छैनन् । उनीहरु भन्छन्, अचेलका केटाकेटीहरु आफैँ धेरै जान्ने हुन खोजेका कारण मानसिक रोग बढेको भान मात्र भएको, वास्तविकतामा बढेको छैन । उनीहरुको कुरा एक हिसाबले सही पनि हुनसक्छ तर अध्येताहरुले विभिन्न इन्डिकेटरहरु हेरिरहेका छन् । अमेरिको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले आफैँलाई हानि पुर्‍याउने किशोरकिशोरीहरुको संख्या २०१० देखि २०२० सम्मको अवधिमा तेब्बरले बढेको छ । यो दर १५–१९ वर्ष उमेर समूहमा पहिलेको तुलनामा दोब्बर भएको छ । भनाइको अर्थ, सन् २०१० को अवधिमा किशोरकिशोरीहरुको मानसिक स्वास्थ्यमा जुन क्षति भयो, अर्को दशकसम्म आइपुग्दा उनीहरु आत्महत्याको तहमा पुगिसकेका छन् । यो दर एक दशकमा १६७ प्रतिशतले बढेको देखिएको छ ।

    आत्महत्या गर्ने तहसम्म पुग्ने गरी तीव्र गतिको यो दुर्घटनाले किशोरकिशोरीमाझ अवसाद कुन तहमा पुगेको रहेछ भन्ने देखाउँछ । यस्तो अवस्थालाई मानसिक स्वास्थ्य सङ्कट ठान्न ढिला भइसकेन र ?

    सन् २००७ मा स्मार्टफोन आएको थियो र यसले संसारको बानी नै परिवर्तन गरिदियो । त्यसो त सन् १९९० को दशकमा मोबाइल फोन नभएको होइन । त्यो बेला इन्टरनेट सिधा जोडिएको थिएन । फोन भनेको आवाजका माध्यमबाट गफ गर्ने साधन थियो । परिवार र साथीभाइसँग एकआपसमा संवादका लागि यो प्रयोग हुन्थ्यो । केहीसँग इन्टरनेट पहुँच भए पनि त्यो कम्प्युटरमार्फत हुन्थ्यो । घरमा कम्प्युटर भएकाले त्यसको प्रयोगका लागि सीमित अवधिका लागि मात्र हुन्थ्यो । सन् २०१६ सम्म आइपुग्दा ७९ प्रतिशत किशोरकिशोरीको हातमा स्मार्टफोन पुग्यो भने ८ देखि १२ वर्ष उमेर समूहका २८ प्रतिशतमा पुग्यो ।

    शहरको बिचबाट खुल्ला ढल बगीरहेको थियो। एउटा बालक मोबाइलमा गेम खेल्दा खेल्दै ढलमा खस्यो, हरायो। ५ दिनपछी उसको शव सडेको अवस्थामा भेटीयो। न कोही पक्राउ परे, न कोही जिम्मेवार भयो। मानौं , यसको पुरापुर जिम्मेवार त्यही मोबाइल भए जस्तो। यस्तो घटनाले तपाईलाई भित्र भित्रै निस्सासिए जस्तो हुँदैन?

    स्मार्टफोन किशोरकिशोरी र बालबालिकाको हातमा पुग्न थालेपछि उनीहरु कृत्रिम संसारमा बढीभन्दा बढी समय बिताउन थाले । अहिले त उनीहरु निरन्तर अनलाइन हुने अवस्था छ । जब हरबखत अनलाइन हुन थाले, अचानक हरकोही, हरबखत, हरकहीँ हुने अवस्थामा पुग्यो । यसले उनीहरुको मानसिक स्वास्थ्यको समस्या पनि चुलिन थाल्यो । मोबाइल इन्टरनेट र किशोरकिशोरीको मानसिक स्वास्थ्य यसरी एकअर्कासँग गाँसिएको प्रस्ट देखिन थालेको छ ।

    यसलाई कसरी बदल्न सकिन्छ त ? यसका लागि जम्मा चार वटा उपाय छ । त्यो पनि यति सामान्य कि पत्याउनै गाह्रो हुन्छ ।

    १. १० वर्षभन्दा मुनिका बालबालिकालाई स्मार्टफोन दिँदै नदिनोस् । २४ सै घण्टा इन्टरनेट जोडिएको स्मार्टफोनले तपाईंको बालबालिकालाई मानसिक रोगी बनाउँछ, यो पक्का छ । त्यसैले उनीहरु सकेसम्म १४ वर्षको उमेर नपुगुञ्जेल इन्टरनेटको पहुँचलाई कडाई गर्नुहोस् । उनीहरुलाई आवश्यक पर्ने सामान्य फोन दिन सक्नुहुन्छ । तर त्यसमा सीमित एप र इन्टरनेटरहित बनाउन जरुरी छ ।

    २. १६ वर्षभन्दा मुनिका सन्तानका लागि कुनै पनि सामाजिक सञ्जालमा जोडिन नदिनुहोस् । उनीहरुको कलिलो दिमागमा सामाजिक सञ्जालको विषाक्तता भरिनबाट जोगाउनुहोस् । सामाजिक सञ्जालमा जुन तुलनाको बाढीमा बगाउने डर छ, त्यसबाट जोगाउनोस् । खासगरी कुलतको तहमा फँसाउने अल्गोरिदमबाट उनीहरुलाई जोगाउनोस् ।

    ३. विद्यालयमा फोनमुक्त अवस्था बनाउनोस् । विद्यालयले सबै विद्यार्थीको फोनहरु, स्मार्टवाचहरु र अन्य डिभाइसलाई लकरमा चाबी लगाइदिने व्यवस्था मिलाउनुपर्छ । पछिल्लो समय बेलायतले विद्यालयमा मोबाइल चलाउन नपाउने नियम ल्याएको छ । यसले उनीहरुको एटेन्सन बढाउने काम गर्छ । यति मात्र होइन, उनीहरु विद्यालयमा आफ्ना साथीसंगीसँग बढीभन्दा बढी झुम्मिनेछन्, खेलकुदमा बढी ध्यान दिनेछन् । शिक्षकहरुसँग उनीहरुको आत्मियता बढ्नेछ ।

    ४. खेलमैदानमा बढी समय र बाल्यकालीन स्वतन्त्रतामा बढी जोड दिनोस् । बालबालिकाहरुले प्राकृतिक रुपमा नै सामाजिक कौशल बढाउन जान्दछन् । उनीहरु प्राकृतिक रुपमा नै आफूमा बढिरहेको अवसादलाई सामान्य अवस्थामा ल्याउन सक्छन् । मात्र त्यसका लागि अभिभावकहरुले वातावरण मिलाइदिनुपर्छ ।

    यी चार कुरा अहिल्यै लागु गर्न कुनै आइतबार कुरिरहनु पर्दैन । यसका लागि कुनै ठूलो मूल्य पनि चुकाइरहनु पर्दैन । कुनै थेरापिस्टकहाँ धाइरहनु पर्दैन । यसका लागि न त कुनै कानुन निर्माताका हारगुहार नै गर्नुपर्छ ।

    अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित एक स्कुलका विद्यार्थी आठ वर्षे एडी किताब भनेपछि हुरूक्क हुन्छन् ।

    स्कुले पुस्तकालयमा उनले नियमित पढ्ने हुनाले अरू विद्यार्थीका लागि सजिलो होस् भनेर एडीले आफूलाई मन परेका नयाँ पुस्तकको सूची हरेक महिना प्रकाशन गर्ने गर्छन् ।

    त्यो सूचीलाई पुस्तकालयले मिलाएर ‘एडीले रूचाएका उम्दा पुस्तकहरू’ शीर्षकमा राखिदिने गरेको छ ।

    त्यो सूची देखेपछि उनका साथीहरू पनि खोजीखोजी तीमध्ये केही किताब पढ्ने गरेका छन् ।

    तर पढ्न रूचि राख्नेहरूका लागि त्यो पढ्ने एउटा गोरेटो पनि हुनसक्छ…

    !

    – एजेन्सीको सहयोगमा

    १४ वर्षमुनिकालाई ‘मोबाइल निषेध’ यस्तो पनि

    बेलायतको सेन्ट अल्बान्स शहरले १४ वर्षमुनिका बालबालिकाहरूलाई मोबाइल निषेध गरेको छ। यससँगै सेन्ट अल्बान्स बेलायतको पहिलो बालबालिकालाई मोबाइलमुक्त शहर बन्न पुगेको हो।

    सेन्ट अल्बान्स शहरका अधिकांश विद्यालयहरूले संयुक्त रूपमा बालबालिकाका अभिभावकहरूलाई पत्र लेख्दै उनीहरूलाई विद्यालय पठाउँदा मोबाइल नपठाउन आग्रह गरेका छन्। प्राइमरी स्कुल कन्सोर्टियमले लेखेको पत्रमा भनिएको छ, ‘हाम्रो विद्यालयमा अध्ययनरत छात्रछात्राहरूलाई तिनको उमेर १४ वर्ष नपुगुञ्जेल स्मार्टफोन नदिन आग्रह गर्छौं। अति आवश्यक महसुस भएमा उनीहरूले स्मार्टफोनबाहेक कल र टेक्स्ट मात्र गर्न मिल्ने मोबाइल पठाउन सकिन्छ।’

    विद्यालयहरूले आफ्नो विद्यालय परिसरलाई मोबाइलमुक्त स्थल घोषित गरेका छन्। अन्य शहरलाई पनि आफ्नो यस अभियानलाई सघाउन आग्रह सेन्ट अल्बान्स शहरले आग्रह गरेको छ। बालबालिकाहरूलाई मोबाइलमुक्त गरे उनीहरूले सामान्य जीवन जिउनेमा आफूहरू विश्वस्त रहेको सेन्ट अल्बान्स टोलीको विश्वास छ।

    सेन्ट अल्बान्स शहरमा रहेका २४ मध्ये २० वटा विद्यालयले यस विषयमा सहमति जनाएका छन्। ‘स्मार्टफोन फ्रि चाइल्डहुड’ अभियानमा थप विद्यालयहरू पनि जोडिने तयारीमा छन्। यस अभियानलाई अभिभावकहरू डेजी ग्रीनवेल र क्लारा फर्नीहगले मूर्त रूप दिएका हुन्। उनीहरूले आफ्नो समूहमा रहेका ७० हजारभन्दा बढी सदस्य अभिभावकहरूलाई सक्रिय बनाएका छन्।

    मोबाइलका कारण बालबालिकाहरूको मानसिक स्वास्थ्य गम्भीर हुँदै जान थालेको र सो रोक्न अभियान चलाउन आवश्यक रहेको अभियन्ताहरू डेजी र क्लाराले बताएका छन्। शुरुमा एउटा ह्वाट्सएप समूहबाट यो अभियान शुरु भएको थियो। जब संख्या बढ्दै गयो, यसलाई अभियानको रूप दिइयो। हरबखत मोबाइलमा जोडिनु पछिल्लो समय समस्या र बोझ बन्न पुगेको भन्दै बालबालिकालाई त्यस्ता बोझबाट मुक्त गर्नुपर्ने अभियानको मुख्य उद्देश्य रहेको बताइएको छ।

    चीनले केही वर्षयता बालबाालिकाहरूले मोबाइल फोन कति समय चलाउने भन्ने विषयमा निकै कडाइ गरिरहेको छ । पछिल्लो समय चीनले एप तथा अपरेटिङ सिस्टम बनाउनेहरूलाई ‘माइनर मोड’ बनाउन दवाव दिइरहेको छ । माइनर मोडमा दबाएपछि कुनै पनि मोबाइल दुई घण्टाभन्दा बढी चल्दैन ।

    चीनमा १६ देखि १८ वर्ष उमेर समूहका लागि दिनमा बढीमा २ घण्टा, त्यसभन्दा मुनिका लागि जम्मा एक घण्टा मात्र मोबाइल चल्ने बनाइँदैछ। ८ वर्षभन्दा मुनिका बालबालिकाहरूले भने जम्मा आठ मिनेटका लागि मात्र मोबाइल चलाउन मिल्छ ।

    माइनर मोड भएका मोबाइलहरू राति १० बजेदेखि बिहान ६ बजेसम्म चल्दैनन् । त्यो बेला आकस्मिक नम्बरहरू मात्र चल्छन् । बालबालिकाहरूले चलाएका मोबाइलमा हरेक ३० मिनेटपछि अब आराम गर भन्दै पपअप सन्देश आउने गर्छन् ।

    धेरै समय मोबाइलमा झुण्डिनु राम्रो हैन भन्ने त मलाई पनि थाहा छ तर म पनि बेलाबेलामा बच्चा हुन्छु । मेरो मोबाइलमा एउटा एप यस्तो छ- जसले तैँले सबैभन्दा बढी कुन कुन एप चलाइस् र कति घण्टा चलाइस् भन्ने बताइदिन्छ । र, त्यो डेटा हेर्यो भने आफैँ छक्क पर्छु म ।

    आजको डिजिटल युगमा प्रायः सबैजसो व्यक्तिको हातमा मोबाईल देख्न सकिन्छ। यो प्रविधिले हामीलाई संसारसँग जोड्ने एउटा महत्वपूर्ण साधन बनेको छ। विशेष गरेर युवा पुस्ताका लागि, मोबाईल खेल, सामाजिक सञ्जाल, र मनोरञ्जनको मुख्य स्रोत बनेको छ। तर, जब यो साधन अभावमा आउँछ, कतिपयले तनाव, निराशा र आत्मघाती विचारहरूको सामना गर्नुपर्ने अवस्था सिर्जना गर्छन्। यसै समस्यालाई नबुझ्दा कतिपयले आत्महत्या जस्तो कठोर कदम चाल्न बाध्य हुन्छन्।

    प्रविधिको प्रयोग र पहुँचलाई महत्वपूर्ण मानेर हेर्ने तरिका मात्र होइन, जीवनका अन्य पक्षहरू पनि उत्तिकै महत्वका छन्। मोबाईल नपाउँदा हुने निराशालाई आत्महत्या जस्तो चरम उपायमा परिणत गर्नु भनेको अस्थायी समस्यालाई स्थायी समाधानको रूपमा लिनु हो, जुन बिलकुलै गलत सोच हो। जीवनमा समस्याहरूको समाधान सधैं हुन्छ, तर आत्महत्या समाधान होइन।

    तपाईंको जीवनको महत्व

    पहिले हामीले बुझ्नुपर्छ कि जीवन अति मूल्यवान् छ। हरेक समस्याको समाधान खोज्न सकिन्छ तर जीवन गुमेपछि केही फिर्ता आउँदैन। मोबाईल वा अन्य कुनै पनि वस्तुको कारण आफ्नो जीवनलाई समाप्त पार्नु भनेको आफ्नो र परिवारको भविष्यमाथि ठूलो असर पार्नु हो।

    समस्या समाधानको सही तरिका

    जब तपाईं कुनै कारणले तनावमा हुनुहुन्छ वा निराशा महसुस गर्दै हुनुहुन्छ, यो महत्वपूर्ण छ कि तपाईं यो कुरा आफैंभित्र नराख्नुहोस्। आफ्नो भावनाहरू कसैसँग बाँड्नुहोस्—साथी, अभिभावक वा शिक्षकहरूसँग। समस्या सधैं संवाद र सहयोगबाट समाधान हुन सक्छ। एक्लोपनलाई बढावा नदिउँ, किनकि यसले समस्या थप गहिरो बनाउँछ।

    प्रविधिको सही उपयोग

    मोबाईल वा अन्य कुनै प्रविधि तपाईको जीवनको मात्र एउटा पाटो हो, सम्पूर्ण जीवन होइन। यो बुझ्नुपर्छ कि धेरै कुरा सन्तुलनमा हुन्छ। मोबाइल नभएर जीवन नै समाप्त गर्नुपर्छ भन्ने सोच कदापि सही होइन। यसलाई सकारात्मक रूपमा प्रयोग गर्नुपर्छ, नकारात्मक रूपमा होइन।

    अन्त्यमा, जीवनको मूल्य धेरै ठूलो छ। यदि तपाईंलाई कहिल्यै समस्याहरूले घेरेको महसुस हुन्छ भने, सहयोग माग्न नहिचकिचाउनुहोस्। आत्महत्या कहिल्यै समाधान होइन। तपाईं महत्वपूर्ण हुनुहुन्छ, तपाईंको जीवनले अरू धेरैलाई प्रेरित गर्न सक्छ।

    Facebook Comments Box