टोखा टाइम्स, २४ पुस । नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूको आगामी चेत्र महिनामा हुने अधिवेशनका लागि महसचिव सत्यनारायण डंगोलले अध्यक्षको उम्मेदवार बन्ने घोषणा गर्नु भर्एको छ । नेवाः देय् दबू टोखा नगर समितिको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथिको मन्तब्य राख्ने क्रममा मंगलवर पुस २३ गते महासचिव डंगोलले सो घोषणा गर्नु भएको हो ।
उहाँले देय् दबूमा आफूले लामो समदेखि योगादन गर्दै आएको अवस्थामा अवको महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गर्नु भएको हो । नेवाः देय् दबूको आउदो चैत्र २२ र २३ गते सुदुरपश्चिमको कञ्चनपुरमा हुने आठौं महाधिवेशमा अध्यक्षको उम्मेदवार बन्ने भनी यस अघि नै उपाध्यक्ष रस्मिला प्रजापतिले पनि घोषणा गरिसक्नु भएको छ । अहिले सम्म औपचारिक रुपमा देय् दबूको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नेहरु दुई जना रहेका छन् ।
मंगलवार टोखामा भएको कार्यक्रममा नेवाः देय् दबूका केन्द्रीय सदस्य माइला डंगोलले नेवाः देय् दबूले विगतदेखि गर्दै आएको काम र देय् दबू सम्वन्धि बिचार राख्नु भएको थियो । त्यसै गरि अतिथि नेवाः देय् दबू स्वनिगः विशष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले नेवाः देय् दबू भनेको नेवाः भएकै कारणले कुने पनि नेवाःलाई विभेद गरेमा त्यसको विरुद्ध लाग्ने संस्था भएको बताउदै सामुहिक अधिकारका लागि र नेवाः एकताका लागि क्रियाशिल संस्था भएको बताउनु भयो । कार्यक्रममा देय् दबूका काठमाण्डौ जिल्ला अध्यक्ष धनबहादुर महर्जन तिमलाले नेवः देय् दबू नेवाःहरुको साझा राष्ट्रिय संगठन भएका कारण सबै नेवाःहरु देय् दबूमा गोलबन्ध हुनपर्ने बताउनु भयो ।
नेवाः देय् दबु टोखा नगरको दोस्रो अधिवेशनले सर्वसम्मतमा नयाँ नेतृत्व पनि चयन गरेको छ । नयाँ नेतृत्वमा अध्यक्षमा मदनलाल श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष सुर्यमान डंगोल, उपाध्यक्ष्यहरु सत्यदेवी डंगोल, अनिस श्रेष्ठ, कोषध्यक्ष नन्दलाल श्रेष्ठ, सचिवहरुमा सुविन्द्र श्रेष्ठ र मनिता श्रेष्ठ डंगोल सहित २५ सदस्यीय समिति सर्व सम्मतवाट गठन गरेको छ ।
https://www.facebook.com/share/v/15mxdy3Me4