टोखा टाइम्स, काठमाडौं । रितेश मल्लकाे अध्यक्षतामा काठमाडौंको भानु मा.वि.मा नेपालभाषा स्यनामि दबू गठन भएको छ ।
माघ ६ गते आइतबार गठन भएकाे कार्यक्रममा नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र वज्राचार्यको प्रमुख आतिथ्यमा दबूको गठन गरिएको थियो ।
काठमाडौं महानगरपालिका भित्रकाे सामुदायिक विद्यालयहरुमा नेपालभाषा अध्यापन भईरहेका नेपालभाषा प्रशिक्षण सहायकहरुको संगठन नेवाः देय् दबू अन्तर्गत रहेकाे छ ।
नवगठित यश दबूकाे उपाध्यक्ष सविना महर्जन, मुख्यसचिव राकेश महर्जन, सचिव सुष्मा डंगोल, मुख्य कोषाध्यक्ष मिला शाक्य र कोषाध्यक्ष अनिल महर्जन रहेका छन् । यसैगरी सदस्यहरुमा राम महर्जन, राजेन्द्र महर्जन, रजनी महर्जन, साजना महर्जन, लसता सिं, उर्मिला महर्जन, अनिता शाक्य, ओमकृष्ण श्रेष्ठ, राजु कपाली, सरिता मालाकार, राजेन्द्रलाल महर्जन र राधेश्याम महर्जन रहेका छन् ।
नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई नेवाः देय् दबूले एक कार्यक्रमको आयोजना गरी स्वागत एवम् शपथ ग्रहण गराउने छ ।
हालको लागि यस दबूमा काठमाडौं मनपा अन्तर्गत नेपालभाषा प्रशिक्षण सहायकहरु समावेश रहे पनि यसमा ललितपुर, कीर्तिपुर र तोखा नगरपालिकाका नेपालभाषाका शिक्षकहरुलाई पनि समावेश गर्दै नेपालभाषा शिक्षकहरुको संयुक्त संगठनको रुपमा लाने योजना रहेको नवगठित दबूका अध्यक्ष रितेश मल्लले जानकारी गराए ।
प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै नेवाः देय् दबूका अध्यक्ष पवित्र वज्राचार्यले नेवाः देय् दबू नेवारहरुको सााझा राष्ट्रिय संगठन भएकोले यसमा थुप्रै पेशागत समूहहरु आबद्ध रहेको छ । अब नेपालभाषाका शिक्षकहरुको समूह पनि आबद्ध हुनुले आफु हर्षित भएको जनाए ।
कार्यक्रममा नेवाः देय् दबूका केन्द्रीय सचिव सत्यनारायण डंगोल, उपत्यका विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जन, काठमाडौं जिल्ला समितिका अध्यक्ष धनबहादुर महर्जन, काठमाडौं जिल्ला समितिका उपाध्यक्ष श्रीजनमान श्रेष्ठ र नेवाः स्यनामि दबूका सचिव वरुणप्रसाद वैद्यलगायतको उपस्थिति जनाएकाे थियो ।