टोखा टाइम्स, २३ चैत्र । टोखाको भूतखेलमा अवस्थित ह्यापी होम विद्यालयको पाँचौं वार्षिकोत्सब सम्पन्न भएको छ । शनिबार जमल स्थित राष्ट्रिय नाच घरमा आयोजित एक भव्य समारोहका बिच विद्यालयले आफ्नो पाँचौं वार्षिकोत्सब मनाएको हो ।
ह्यापी होमका संस्थापक अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिराज श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा टोखा नगर शिक्षा शाखाका शिक्षा अधिकृत खगेन्द्र सिंह धामी प्रमुख अतिथिका रूपमा रहेका थिए । त्यस्तै, कार्यक्रममा कल्प वृक्ष एडुकेशन फाउन्डेशन कन्सलटेन्ट प्रतिक्षा गौतम, अपेन केन्द्रिय सदस्य शारदा पाण्डे , अपेन टोखा अध्यक्ष उर्मिला त्रिपाठी, अपेन टोखा सदस्य रजनी मल्ल टोखा मिडिया नेटवर्क तथा टोखा टाइम्स डटकमका प्रबन्धक अध्यक्ष सुविन्द्र श्रेष्ठ, टोखाली व्वाईज क्लबका अध्यक्ष संजय डंगोल , तथा विद्यालयका शेरयधनीहरु विशेष अतिथिका रूपमा रहेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खगेन्द्र सिंह धामिले ह्यापी होम विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गिन विकासका लागि गरिएको पठनपाठन र अतिरिक्त क्रियाकलाप प्रशंसनीय रहेको बताउँदै आगामी दिनहरूमा शिक्षण सिकाइ अझ राम्रो हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
धामिले टोखाको शैक्षिक क्षेत्रको उन्नयमा टोखामा रहेका मन्टेश्वरी स्कुलहरूको प्रशंसा गर्न योग्य कार्य गर्दै अगाडि बढी रहेको धारणा राख्दै समग्र टोखाको शैक्षिक स्तर गुणस्तरीय बनाउन नगरपालिका विद्यालयहरूसंग सहकार्य गर्दै अगाडि बढ्न तत्पर रहेको समेत कार्यक्रममा बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक नारायणी पन्तले कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयले गर्दैआएका क्रियाकलाप र विद्यालयको वार्षिक गतिविधिका साथै उपलब्धिहरूको चर्चा गर्दै आगामी दिनहरुमा स्कुलको अझ सेवा सुविधा थपिदै लाने जानकारी गराउनुभयो । विद्यार्थीहरुको शिक्षण सिकाईका लागि अभिभावकहरुबाट आवश्यक महत्वपुर्ण सल्लाह सुझावको अपेक्षा गरेको समेत बताउनुभयो ।
विद्यालयले विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सिमित नराखि तिनिहरूको शारीरिक तथा बौद्धिक बिकासका लागि गरेको कार्य प्रशंसनीय र अनुकरणीय रहेको कार्यक्रममा मन्तव्य राख्ने अतिथिहरूले आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कक्षा तिन उत्तीर्ण विद्यार्थीलाई उज्ज्वल भविष्यको कामना गर्दै बिदाइ गरिएको थियो। भने इ.सी.जी. कक्षाका विद्यार्थीहरूलाई दीक्षात गरिएको थियो ।
अभिभावकहरूको व्यापक उपस्थिति रहेको कार्यक्रममा विद्यार्थीहरूले गायन, नृत्य, नाटक लगायतको आफ्नो प्रतिभाहरू प्रस्तुत गरिएको थियो ।
२०७३ सालमा ९ जनाबाट सुरु भएको स्कुलले आफ्नो स्थापनको छोटो समयमा नै सबै अभिभावकको मन र विश्वाष जित्न सफल भएको छ । आजको दिनमा दुई समय भन्दा बढि विद्यार्थीहरु अध्ययनरत छन् ।