• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:६ बैशाख २०७९, मंगलवार


    बिज्ञापन
  • चुनावी तालमेल थप संकट उन्मुख, काँग्रेस बाहेकका दलसँग तालमेल गर्ने रणनीतिमा

    मुलुक निर्वाचनको संघरमा छ । चुनाव जति जति नजिकिँदै छ, सत्ता गठबन्धन थप संकट उन्मूख देखिन्छ । चुनावी तालमेललाई लिएर गठबन्धनभित्रको विवाद थप उत्कर्षमा छ ।

    सर्वत्र चासो र चर्चाको रुपमा हेरिएको संघीय राजधानी काठमाडौमा पनि सत्ता गठबन्धनको चुनावी तालमेल सफल हुनेमा आशंका कायमै छ । स्थानीय तहको निर्वाचनमा तालमेल सहित जाने सत्ता घटक दलहरुको निर्णय चुनाव नजिकिएसँगै थप पेचिलो बन्दै गएको छ ।

    सबैभन्दा चासो र चर्चाको केन्द्र बनेको चितवनको भरतपुरमा केन्द्रको तयारी विरुद्ध ५० जना कांग्रेस नेताहरुले राजीनामा नै दिए । वीरगन्ज महानगरपालिमा पनि कांग्रेस चुनावी तालमेलको विपक्षीमा छ ।

    केन्द्रले गठबन्धनको विकल्प नदिए पनि तल्लो तहमा भने कांग्रेसको पडक रहेकोले अधिकांश क्षेत्रहरुमा एक्लै चुनावमा जानु पर्ने आवज उठ्न थालेका छन् । चुनावी तालमेल गर्ने निष्कर्ष निकालेको कांग्रेसभित्र केन्द्र र स्थानीय तहबीच द्धन्द थप चर्किएको छ ।

    शीर्ष नेतृत्व नै चुनावी तालमेलमा कुरा मिलेमात्र गठबन्धन नत्र एक्लै जानुपर्छ भन्ने अभिव्यतिmले स्थानीय तहका नेता कार्यकर्ता थप हौसिएका छन । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र कांग्रेसको राम्रो पकड भएको संघिय राजधानी काठमाडौमा पनि गठबन्धनको सकस कायम छ ।

    काठमाडौमा तल्लो तप्काका नेताहरु चुनावी तालमेल केन्द्रले लाद्न नहुने र पार्टीको मतभारका आधारमा उम्मेदवार सिफारिस हुनुपर्ने पक्षमा छन । त्यसो नभए स्थानीय निर्वाचनमा कांग्रेस एक्लै चुनावमा लड्ने दावी नेताहरुको छ ।

    गठबन्धनका अर्का दल एकिकृत समाजवादी यति थप चेपुवामा परेको महशुस मात्र गरेका छैनन तालमेललाई लिएर आफूहरुलाई हेपेको गुनासो समेत गर्न थालेका छन । एकिकृत समाजवादी कांग्रेसबाहेकको गठबन्धन गर्ने भन्दै आन्तरिक सर्कुलर नै जारी गरेका खबरहरु आउन थालेका छन् ।

    यस विषयमा केन्द्रबाट कुनै सर्कुलर जारी भएको छैन । यद्यपि ठुला दलहरुले सहि निर्णय नगरे एकिकृत समाजवादी अन्य दलसँगको तालमेल देखि एक्लै चुनावमा जाने रणनीतिमा देखिन्छ ।

    एकिकृत समाजवादी एक्लै निर्वाचनमा गए पनि काठमाडौ सहित वाग्मति प्रदेशमा पनि राम्रै जित हाँसिल गर्ने दावी समाजवादीका नेताहरुको दावी छ ।

    कांग्रेसको विधानत वडा तहको टिकट वितरणको जिम्मा क्षेत्रिय सभापतिलाई दिएको छ । तर गठबन्धनको टुङगो,वडा बाँडफाँडको जिम्मा भने गठबन्धनले जिल्लास्तरीय संयन्त्रलाई प्रदान गरेको छ ।

    आफ्नै दलका क्षेत्रिय सभापतिको विरोध खेपिरहेका कांग्रेस जिल्ला सभापति सबुज बनियालाई यतिबेला आफ्नै दल मिलाउन हम्मे हम्मे परिरहेको छ ।

    यद्यपि काठमाडौमा कांग्रेस गठबन्धन सहित नै निर्वाचनमा जाने र शीर्ष नेतृत्को निर्णय कार्यन्वयन हुने दावी गर्छन । तत्काल गठबन्धनको सकस अन्त्य हुने छाँटकाँट छैन । दलहरुभित्र असन्तुष्टि बढ्दै जाँदा सत्तारूढ दलकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने अवस्था सिर्जना हुन थालेको छ ।

    केन्द्रीय स्तरमा स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेर सिट बाँडफाँडको मापदण्डबारे गृहकार्य गरिरहेको भएपनि त्यसले सुखद् नतिजा दिन सकेको छैन ।

    Facebook Comments Box