टोखा टाइम्स । ‘टोखा नगरपालिका क्रिकेट कप २०२५’ जेठ ५ गतेदेखि सुरु हुने भएको छ । शनिबार एक कार्यक्रमका बीच टोखा नगरपालिका क्रिकेट कप २०२५ को ट्रफी अनावरण तथा टाई-सिट ड्र विशेष समारोहका बीच सार्वजनिक गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिका -३ का अध्यक्ष रमेश डंगोल र प्रतियोगिताको निर्देशक राष्ट्रिय महिला क्रीकेट खेलाडी खुशी डंगोलले संयुक्तरूपमा प्रतियोगिताको आकर्षक ट्रफी सार्वजनिक गरेका थिए।
टोखास्थित भख्य खेल मैदानमा हुने उक्त प्रतियोगितामा टोखा नगरपालिकामा रहेका विद्यालयहरु मध्य ९ विद्यालयले सहभागिता जनाको छ । प्रतियोगितामा १० समूहलेबिच प्रतिस्प्रधा हुनेछ । १० समूहलाई (A र B) गरी दुई समुहमा बाँडिएको छ। प्रत्येक खेल १० ओभरको हुनेछ ।
API School , API Challengers,सत्य साई (Sathya Sai) सरस्वती मावि (Saraswati) ,ट्रियोग (Triyog), डिभाइन (Divine),काठमाडौं ईएस (Kathmandu ES),त्रिवेनी (Tribeni),प्यारामाउन्ट एकेडेमी (Paramount Academy) र निम्स (NIMS) स्कुल प्रतिस्पर्धी टिमहरू रहेका छन् ।
टोखा नगरपालिका क्रिकेट कप २०२५ भोलि जेठ ५ गते बिहान ९ बजे टोखास्थित भख्य खेल मैदानमा उद्घाटन हुने प्रतियोगिताको निर्देशक राष्ट्रिय महिला क्रीकेट खेलाडी खुशी डंगोलले जानकारी दिइन ।
टोखा नगरपालिकाको आयोजना तथा सेभ एण्ड सस्टेनको संयोजनमा हुने प्रतियोगिता जेठ ५ देखि ११ गतेसम्म चल्ने छ ।
खेल तालिका :