कविता लामिछाने
२० असार, काठमाडौं । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५–एल को वर्ष २०२४/२५ को चौंथो क्याबिनेट बैठक तथा अवार्ड वितरण कार्यक्रमबाट टप–५ मा नोमिनेसन भई उत्कष्ट पहिलो क्लव घोषणा भई शुभ आरम्भ क्लव उत्कृष्ट बन्न सफल भएको थियो । सो कार्यक्रममा डिष्ट्रिकमा सबैभन्दा धेरै सेवाका कार्य गरेवापत शनिबार धुलिखेलमा आयोजित कार्यक्रममा क्लव अध्यक्ष सुशान्त न्यौपानेलाई अवार्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
सो कार्यक्रममा डिष्ट्रिक ३२५ एलले डेडिकेट लायन अफ दि इएरबाट शुभ आरम्भका संस्थापक अध्यक्ष भाष्कर श्रेष्ठलाई अवार्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै सेक्रेटरी अफ दि इएरबाट शुभ आरम्भका सचिव सुरज कार्कीलाई प्रमाणपत्रसहित अवार्ड प्रदान गरिएको थियो । सर्भिस विक अवार्ड २०२५ बाट लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भले प्राप्त गरेको छ ।
ग्लोरिज लायल अफ डिष्ट्रिकबाट शुभ आरम्भका पूर्व अध्यक्ष राजेश श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यस्तै साइनिङ लायन अफ डिष्ट्रिकबाट प्रथम उपाध्यक्ष बिन्जु श्रेष्ठलाई अवार्ड प्रदान गरिएको थियो ।
लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भलाई मेम्बर ग्रोथ अवार्ड प्रदान गरिएको थियो । त्यस्तै शुभ आरम्भ क्लवले टियू लायन्स ब्लड बैंक स्थापनार्थ सहयोग गरेवापत एलसिआईएफ मार्फत् आर्थिक सहयोग गरेकोमा क्लव र क्लवका उपाध्यक्ष बिन्जु श्रेष्ठलाई सम्मान–पत्र प्रदान गरिएको थियो ।
लायन्स क्लव अफ काठमार्डौं शुभ आरम्भले लायन वर्ष २०२४/२५ मा २०० भन्दा बढि सामाजिक सेवाका कार्यहरु गरेको थियो । लायन्स डिष्ट्रिक ३२५ एल का डिष्ट्रिक गर्भनर सुमन भट्ट क्षेत्रीले अवार्ड वितरण गर्दै सबैभन्दा धेरै कामहरु गरेकाले उत्कृष्ट क्लव घोषणा गरी सम्मान गरिएको बताउनुभयो ।
यसै वर्ष शुभ आरम्भ क्लवका अध्यक्ष सुशान्त न्यौपानेलाई लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिकबाट समेत उच्चतम सामाजिक सेवाका कार्य गरेवापत सम्मान गरिएको थियो ।
अवार्ड प्राप्त गरेपछि छोटो प्रतिक्रिया दिँदै क्ल्वका अध्यक्ष सुशान्त न्यौपानेले वार्षिक रूपमा गरेको सेवाको कार्यको उचित मूल्याङ्कन भएको बताए । न्यौपानेले वार्षिक सेवाका कार्यहरु समेटेर पुस्तक प्रकाशन गर्ने योजना रहेको बताएका थिए ।