• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२ जेष्ठ २०७९, सोमबार


    बिज्ञापन
  • टोखा ३ मा एमालेका रमेश डंगोल निर्वाचित

    काठमाडौं । टोखा नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा एमालेका उम्मेदवार रमेश डंगोल निर्वाचित भएका छन् । उनी १५७० मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश जोशीले १३२८ मत ल्याएका छन् ।

    खुला वडा सदस्यमा मिश्रित सदस्य निर्वाचित भएका छन्  एमालेका हरिकृष्ण श्रेष्ठ र कांग्रेसका हरिभक्त श्रेष्ठ निर्वाचित भएका छन् । महिला सदस्यमा शान्ता राई र दलित महिला सदस्यमा देवी माया नेपाली निर्वाचित भएका छन्।

    Facebook Comments Box