• टोखा टाइम्स

    • प्रकाशित मिति:२६ भाद्र २०८१, बुधबार


    बिज्ञापन
  • भाद्र २२ गते देखि हराइरहेकी हेरादेवी महर्जनको शव धानखेतमा भेटियो

    टोखा टाइम्स । भाद्र २२ गते देखि हराईरहेकी बुढानिलकण्ठ नगरपालिका वडा नं ४ मा बसोवास गर्दै आएकी हेरादेवी महर्जनको शव घर नजिक रहेको धानखेतमा भेटिएको छ।

    भाद्र  २२ गते बिहान १० बजे देखि हराएकी स्थायी ठेगाना टोखा नगरपालिका-३ रहेपनि लामो समयदेखि  बुढानिलकण्ठ -४ मा बस्दै आएकी महर्जनको शव घर नजिक रहेको आफ्नै खेतमा मंगलबार करिव ३.३० बजेको समयमा भेटिएको हो।

    महर्जनको शव भेटिए संगै नेपाल प्रहरीको अनुसन्धान टोलि घटना स्थलमा पुगि थप अनुसन्धान गर्न  शव पोस्टमार्टमका लागि लागिएको थियो । महर्जनको पार्थिव शरीरको बुधबार दिउँसो अन्त्येस्टि गरिएको छ ।

    Facebook Comments Box