• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:५ जेष्ठ २०७९, बिहीबार


    बिज्ञापन
  • टोखा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण

    टोखा टाइम्स, काठमाडौँ । टोखा नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

    नवनिर्वाचित नगरप्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ लगायतलाई बिहिबार एक कार्यक्रमका बीच निर्वाचन अधिकृत सविता शर्माले प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

    नवनिर्वाचित नगरप्रमुख अधिकारी नेकपा (एमाले)का तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो भने उपप्रमुख तामाङ नेपाली काँग्रेसका तर्फबाट । अधिकारी नगरप्रमुखमा दोहोरिनुभएको हो ।  नगरप्रमुख अधिकारीले दस हजार ३४० मत ल्याएर विजयी बन्नुभयो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसकी रजनी थापाले दस हजार १६६ मत ल्याउनुभएकी थिइन्।

    त्यस्तै उपप्रमुख तामाङले दस हजार १३२ मत ल्याएर निर्वाचित बन्नुभयो भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी उपप्रमुख पदकी उम्मेदवार ज्ञानमाया डंगोलले नौ हजार ५१८  मत ल्याइन् ।

    टोखा नगरपालिकाको एघार वडामध्ये नौ मा एमालेले जितेको छ भने दुई वटामा नेपाली काँग्रेसले जितेको छ । टोखा नगरपालिकामा ३४  हजार ६७६ मतदाता रहेकामा २७ हजार ६८९ मत खसेको थियो ।

    त्यस्तै कार्यक्रममा पूर्व निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान समेत गरेको थियो ।

    Facebook Comments Box