• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१९ श्रावण २०७९, बिहीबार


    बिज्ञापन

    आन्तरिक राजस्व कार्यालयका कम्प्युटर अधिकृत घुससहित पक्राउ

    काठमाडौं । आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान घुससहित पक्राउ परेकी छिन् ।

    प्रधानले कम्प्युटर बिलिङको सफ्टवयर स्वीकृतिको लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस मागेको सुचनाको आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धन आयोगको टोलीले उक्त घुस रकमसहित पक्राउ गरेको थियो ।

    बुधबार आन्तरिक राजस्व कार्यालय महाराजगंजबाटै प्रधानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तिारका प्रवक्ता श्याम प्रसाद भट्टराईले जनाएका छन् ।

    Facebook Comments Box