• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२१ फाल्गुन २०८१, बुधबार


    बिज्ञापन

    टोखामा एक महिने बेकरी तथा पिज्जा बनाउने तालिम

    टोखा टाइम्स, २१ फागुन । ‘सीप सिकौं स्वरोजगार बनौं’ भन्ने मूल नाराका साथ टोखा नगरपालिका २ वडा कार्यालयले एक महिने बेकरी तथा पिज्जा बनाउने तालिमको आयोजना गरिएको छ ।

    टोखा नगरपालिका २ वडा कार्यालयको युवा स्वरोजगार लक्षित वर्ग कार्यक्रम अन्तर्गत आयोजित तालिमको वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले बुधबार तालिमको शुभारम्भ गर्दै तालिम अवधिभर लगनशील भएर सिक्न र सिकेका सीपलाई व्यवहारमा सदुपयोग गर्न समेत आग्रह गर्नुभयो ।

    वडा कार्यालयले युवाहरूलाई स्वरोजगार बनाउन उनीहरूको माग बमोजिम तालिमको व्यवस्था गर्दै आईरहेको कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । वडाले आर्थिक वर्ष २०८१/८२ मा स्वरोजगारका लागि लक्षित वर्ग अन्तर्गत विभिन्न तालिमहरू सञ्चालन गरिरहेको समेत वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

    वडा कार्यालयले स्वरोजगार तालिम केन्द्र गंगबुसंगको सहकार्यमा आयोजित बेकरी सम्बन्धी एक महिने तालिममा ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

    वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्यद्वय लक्ष्मी हिमाङ र अमर डंगोलको उपस्थिति रहेको थियो भने कार्यक्रम वडा सचिव शालिकराम गौतमले सञ्चालन गर्नुभएको थियो ।

    Facebook Comments Box