• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१८ माघ २०७८, मंगलवार


    बिज्ञापन
  • जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगको सिफारिस

    काठमाडौँ । निर्वाचन आयोगले आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगका पदाधिकारीहरुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर जेठ ४ मा निर्वाचन गर्न परामर्श दिएका थिए।

    सो क्रममा सरकारले आगामी जेठमै स्थानीय तहको निर्वाचन गर्ने योजना रहेको बताएको छ । बैठकमा प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्थानीय तह निर्वाचनको मिति तोकिने बताए ।  प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद बैठकबाट स्थानीय तह निर्वाचनको मिति तोकिने बताएको छलफलमा सहभागी एक निर्वाचन अधिकारीले जानकारी दिए।

    प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख आयुक्तसहितका पदाधिकारीबीच निर्वाचनको मिति तोक्नेबारे छलफल भएको थियो । सत्तागठबन्धनमा आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति भएसँगै प्रधानमन्त्री देउवाले निर्वाचनको एजेन्डामाथि छलफल गर्न आयोगका पदाधिकारीहरुलाई बोलाएका थिए ।

    यसअघि  गत शनिबार बसेको सत्तारुढ गठबन्धनको बैठकले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने र सरकारले निर्वाचन आयोगसँग छलफल गरेर मिति तोक्ने बताएको थियो। स्थानीय तहका पदाधिकारीको म्याद आगामी जेठ ५ गते सकिँदैछ।

    Facebook Comments Box