• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२ कार्तिक २०७९, बुधबार


    बिज्ञापन
  • टोखा वृहत खानेपानीले शुरु गर्‍यो खानेपानी इन्टेलिजेन्स सिस्टम

    टोखा टाइम्स, काठमाडौँ । टोखामा रहेको टोखा वृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानी इन्टेलिजेन्स सिस्टम (स्मार्ट वाटर प्रविधि) सञ्चालनमा ल्याएको छ । समितिले दियालो टेक्नोलोजिजको प्राविधिक सहयोगमा अत्याधुनिक डिजिटल प्रविधि मार्फत सेवा सुरुवाट गरेको हो ।

    मंगलबार टोखा वृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समिति तथा दियालो टेक्नोलोलोजि प्रा.लि.को संयुक्त आयोजनामा आयोजित ‘स्मार्ट वाटर प्रविधि उद्घाटन तथा कार्यशाला गोष्ठी’ कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले गरेका थिए ।

    संस्थालाई समयसापेक्ष रुपान्तरण गर्दै र भविष्यमा आउने खानेपानीको चुनौतिलाई समाधान गर्न, संस्थाको आर्थिक, पानी-उत्पादन, वितरण, गुणस्तर-व्यवस्थापन तथा ग्राहकसेवा व्यवस्थापन अपरिहार्य आवश्यक्ता भएको हामीले महसुस गरी दियालो टेक्नोलोजिज संगको सहकार्यमा संस्थाको आधुनिकीकरणसँगै खानेपानी इन्टेलिजेन्स सिस्टम आजबाट सुरूवात भएको समितिका सचिव सानुबाबु श्रेष्ठले कार्यक्रममा जानकारी गराए ।

    उनले थप्दै भने-‘ पानीको घट्दो तहको समयमै विश्लेषण नगर्ने हो भने एक्कासी पानी सुक्दा समुदायले भोग्ने समस्यालाइ मध्यनजर गर्दै हामीले जमिनमुनि सेन्सर लगाएर पानीको तह हरेक मिनेट नाप्ने प्रविधि जडान गरेका छौं। भूमिगत पानीको तहको विश्लेषण सफ्टवेयरबाट गरी पानीको आयु अनुमान गर्ने तथा अन्य कार्यको लागि जानकारी उपलब्ध भएको छ। ट्याङ्कीको पानीको तह सेन्सरमार्फत मापन गरी यथार्थ समयमा जानकारी लिन सकिने भएको छ र यसका आधारमा पानी वितरण-तालिका व्यव्स्थापन गर्न सजिलो भएको छ। त्यसैगरी PH, Turbidity तथा Chlorine Sensor प्रयोग गरी ट्याङ्कीमा भएको पानीको गुणस्तर ग्राहकले मोवबइलमा नै हेर्न सक्ने व्यवस्था मिलाएका छौँ । यसले जनस्वास्थ-सरोकारका विषयलाई सम्बोधन गर्न सकिने विश्वास रहेको छ ।’

    मुख्य वितरण लाइनका अन्तिम ग्राहकको धारामै नियमित सेन्सर प्रविधि पद्दतिमार्फत खानेपानीको गुणस्तर २४ सै घन्टा मापन गरी यथार्थ समयमै मोबाइल एपबाट पानीको गुणस्तर उपभोक्तासम्म पुर्याउने, ग्राभेटीको स्रोतमा पानीको गुणस्तर मापन गर्ने, पानी वितरण-प्रणालि अटोमेटिक गर्ने, स्मार्ट मिटरको परीक्षण गर्ने, नियमित समयमै पानी चुहावट पत्ता लगाउन प्रेसर-सेन्सर प्रणालिमार्फत चुहावट नियन्त्रण प्रणाली लागू गर्ने लक्ष्य यस समितिले लिएको छ।

     

    हाल यस सँस्थाले १८०२ घरधुरी तथा झन्डै १७,००० अन्तिम उपभोक्तालाइ दैनिक ८ घन्टाका दरले पानी वितरण गर्दे आइरहको रहेको छ । यस खानेपानीसँग हाल एउटा बोरिङ तथा एक ग्रापेटी पानीको स्रोत रहेको छ र टोखा चण्डेश्वरी शिवपुरी जलाधार राष्ट्रिय निकुञ्ज भित्ररहेको २ लाख लिटर क्षमताको रिजभ्वायर ट्याङ्गक १ वटा, खानेपानी कार्यालय भवन सँगै रहेको एकलाख पचास हजार लिटर क्षमताको १ वटा रिजर्ध्वायर ट्याङ्गक कार्यालय भवन मै रहेको एक लाख पचहत्तर हजार लिटर क्षमताको भुमिगत रिजर्ध्वायर ट्याङ्ग १ गरी जम्मा ३ वटा ट्याङ्कीबाट पानी वितरण गरिरहेको छ । त्यसैगरी बोरवेलको पानी फिल्टर गर्ने एक मेसिन पनि जडान गरिएको छ । यस खानेपानीले हाल टोखा नगरपालिकाको वडा नं २ र ३ मा जम्मा २२ किलोमिटर पाइपलाइनमार्फत पानी वितरण गरिरहेको छ ।

    दियालोले यो प्रविधि पाइलट प्रोजेक्टको रुपमा टोखाबाट सुरु गरेको हो ।

     

    टोखा वृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष माईला डंगोलको सभापतित्वमा बसुन्धारामा रहेको ईन्देणि वैक्वटमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, विशेष अतिथि मुरारी तामाङ्ग शालिग्राम पौडेल (वाटर गभर्नन्सी खानेपानी तथा ढल व्यवस्थापन विभाग), डा. रजीन ओझा प्रमुख (ISSAU खानेपानी तथा ढल व्यवस्थापन विभाग), रत्न लामिछाने (कार्यक्रम निर्देशक उर्वन टायन) रामप्रसाद खरेल (कार्यक्रम निर्देशक सहलगानी), रामचन्द्र काफ्ले (कार्यक्रम निर्देशक), जगरनाथ दास (कार्यक्रम निर्देशक वाटर क्वालिटी),  सुभास राज पन्त (प्रोग्राम कोर्डिनेटर नगरविकास कोष), मन बहादुर धना मगर (टेक्निकल कोर्डिनेटर अक्फाम), उद्धब राज भट्टराई (लुमन्ती), बुद्ध रत्न महर्जन (वरिस्थ इन्जीनियर नेपाल खानेपानी), टोखा-२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ ,टोखा-३का वडाध्यक्ष रमेश डंगोल तथा कार्यसमितिका सदस्य तथा उपत्यकाका विभिन्न खानेपानी उपभोक्ता समितिका सदस्यहरु लगायतको उपस्थितिरहेको थियो ।

    Facebook Comments Box