सुविन्द श्रेष्ठ, टोखा टाइम्स, काठमाडौँ । समय, परिस्थिति, र मौसम अनुसार गाइने दाफा भजनमा मानवीय व्यवहार, संस्कार र देशमा भएका गतिविधिहरुलाई प्रस्तुत गर्ने गरिन्छ । दाफाका गीत, संगीत र बोलहरु परम्परागत शास्त्रीय रागहरुमा आधारित छन् ।
खिं बाजं बजाई स्तोत्र (भजन) गीत गाउनुलाई दाफा भजन भनिन्छ । दाफा भन्नाले खिं बाजाका साथमा अन्य विभिन्न बाद्य सामाग्री प्रयोग गरी गाइने, बजाइने साङ्गीतिक विधालाई भनिन्छ । यसमा भजनको उठान गर्नुअघि प्रारम्भमा गीतको शास्त्रीय लक्षणयुक्त राग अलाप लिइसकेपछि मात्र सोही रागमा रचेका विभिन्न तालमा गीत गाई सोही तालमा नृत्य गर्ने परम्परा छ । दाफा भजनमा अहिले पनि ३२ वटाभन्दा बढी राग प्राप्त छन् । खिं बाजाको मुख्य भूमिका रहेको यो भजन ऋतुअनुसार गाइन्छ तथा यसमा साथ दिन हार्मोनियम, विभिन्न ताः, वमः चा (झ्याली), पोंगा आदि बजाइन्छन् । यी बाद्यबादनले भजनका रागको आलापलाई निर्देशित गर्दछन । यी बाजाहरुको ताल र लय (सुर)मा भजन मण्डलीका अन्य सहभागीहरूले स्वरमा स्वर मिलाएर गाउने गर्दछन । खिंबाजं र ताः बाजाको ताल चुक्न गएमा भजन गायकहरू अलमलिने हुनाले यी बाजाहरू बजाउने व्यक्तिहरू कुशल हुन जरुरी छ ।
दाफामा प्रयोग हुने खिं बाजा आफैमा अत्यन्त सुमधुर लयात्मक बाजा हो । यस बाजाका सबै तालहरूमा एक आवृत्तिदेखि चार पाँच आवृत्तिसम्मका लामा लामा बोलहरूको संयोजन रहने हुनाले यो बाजा वादन गर्दा मात्र पनि गीत सुनेको आभास हुने गर्दछ । यसमा प्रयुक्त हुने सबै तालहरूमा खिं वादनका विविध अङ्गहरू समावेश भएको हुन्छ । जस्तै छाती, मात्वा, चाक, घोंचाक, गौ ,न्ह्या आदि । चाक पनि दुई प्रकारको बजाइने गरिन्छ । गीतका अघिल्लो अन्तरा भागहरूमा चाकः समावेश गरिएको हुन्छ भन्ने अन्तिम अन्तरा भागमा विशेष प्रकारको चाक बजाइन्छ, जसलाई घोंचाक भनिन्छ । जुनसुकै तालमा गीत उठान गर्दा पहिले खिंबाट छातींः अङ्गबाट सुरुवात गरी क्रमशः मात्वा ,चाक, गौ, न्ह्या आदिको अङ्ग पूरा भएपछि समापन गर्ने गरिन्छ ।
भजनमा प्रयोग हुने रागबाट भजनको वातावरणीय माहौलमा समय, याम, ऋतु कालको आभास पाउन सकिन्छ । जसको कारण श्रोताहरू मन्त्रमुग्ध हुन पुग्दछन् । यसै अवसरको फाइदा लिँदै गायक वादकहरूले समय, काल ऋतु सुहाउँदा भजन गाएर श्रोताहरूलाई मन्त्रमुग्ध गराउन सफल हुन्छ । भजनकर्मीहरु दुई समूह गरी मात्वाको अङ्गदेखि पालै पालो गायन सुरु गरी अन्तिममा घों चाकको अङ्ग पूरा भएपछि समापन गर्ने गर्दछ ।
दाफा भजनको अर्को विशेषता हरेक भजनहरूमा भजन रचना भएको समयको जीवन्तता स्वरूप तत्कालीन राजा महाराजाहरूको स्तुति र गीत रचनाको समय सन्दर्भ पनि समावेश गरिएको पाइन्छ । यसका आधारमा मल्लकालीन राजा प्रताप मल्ल, श्री निवास मल्ल, सिद्धि नरसिंह मल्ल, जय प्रकाश मल्ल र शाहकालीन राजाहरू गिर्वाणयुद्ध विक्रम शाह, पृथ्वी वीर विक्रम, त्रिभुवनको शासन कालका स्तुति गीतहरू हालसम्म पनि उत्तिकै महत्त्वका साथ गाइदेै आइएको छ ।
नेवाः समुदायमा औपचारिक शिक्षाबिना देखेर वा श्रुतिपरम्पराबाट सीप हस्तान्तरण हुँदै आएको छ । चार सय वर्षअघि नै कवि राजा सिद्धिनरसिंह मल्लले लेखेका नेपालभाषाका गीतहरूलाई ३२ वटा रागमा खिँ (मादलजस्तै ठूलो आकारको बाजा), ताः (फलामको झयाली) र पोङ्गा बाजा बजाएर गाउने प्रचलन अझै पनि उस्तै छ । एउटै गीतले त्यस बेलाको इतिहास वयान गरेको छ । त्यति बेलाको कला, भवन निर्माण विधा, गीतको शब्द, गाउने शैली सुन्दा त्यस बेला कलाको विकासक्रम कस्तो थियो भन्ने थाहा पाउन सक्छौँ । दाफा भजन नेपाल मण्डलमा कहिलेदेखि प्रचारमा आयो भनी किटान गर्न सकिएको छैन तापनि दाफा भजनका गीतहरुमा मल्ल राजाहरुको प्रशस्ती गानहरु भएबाट मल्लकालदेखि नै यो भजनको प्रचलनमा ब्यापकता आएको देखिन्छ ।
नेवाः संगीतलाई दुई विधामा विभक्त गरी विश्लेषण गर्न सकिन्छ- लोकगीत, दाफा भजन । लोकगीत गाउने समय र प्रहर तोकिएकै हुन्छ । नेवाः लोकगीतहरू ऋतुअनुसार, पर्व, संस्कृति संस्कारअनुसार गाउने गरिन्छ । नेपाल खाल्डोमा नेवाः जातिका अनगन्ती जात्रापर्वहरू छन् । वर्षमा जम्मा ३६५ दिन हुन्छन् । तर यहाँ मनाइने जात्रापर्व गणना गर्ने हो भने ३६५ भन्दा बढी नै होलान् । ती सबै जात्रा पर्वहरू संगीतबिना पूणर् हुन सक्दैनन् ।
नेवाः समाजमा व्यक्तिगत रूपमा मनाइने संस्कारहरूसमेत बाजागाजासहित सम्पन्न गर्ने परम्परा रहिआएको छ । जन्मिएको बच्चाको किशोरावस्थामा कय्तापूजा, युवावस्थामा विवाह र वृद्धावस्थामा जंक्व (भीमरथारोहण) गर्दा मात्र बाजा बजाउने होइन मृत्यु हुँदा शवयात्रासमेत बाजा बजाएरै चलाउनुपर्ने चलन विद्यमान छ । यी अवसरहरूमा बजाइने बाजाले नै त्यहाँ कुन संस्कार सम्पन्न हुँदै छ भन्ने जानकारी दिन्छ । नेवाः संगीतभित्र पर्व र अवसरमा मात्र होइन, एकै दिनमा विभिन्न प्रहरमा फरक-फरक गीत गाउने परम्परा छ । नेपाल खाल्डोका नेवार समुदायमा अधिकांश कृषक रहेका कारण कृषि कार्यको विभिन्न चरणमा विभिन्न गीत गाउने चलन छ । खासगरी जेठमा मनाइने सिथि नखःदेखि साउनमा मनाइने गठेमंगल पर्वसम्म बाजा बजाउने वा सिकाउने काम गर्नु हुँदैन भन्ने मान्यता छ । यो भनेको विशुद्ध धान रोप्ने समय हो ।
नेवाः संगीतको अर्को मौलिकता हो, दाफा भजन । देवीदेवी-स्तुतीमा गाइने भजन नेवाः समाजमा दाफा नामले बुझिन्छ । प्रामाणिक इतिहासअनुसार, पनि ४५० वर्षअघि नै नेवाः समाजमा दाफा भजन गाउने चलन सुरु भइसकेको देखिन्छ । तत्कालीन राजा महिन्द्र मल्लले रचना गरेको एउटा भजन प्राप्त भएको छ जसको बोल हो, ‘कपटिया मायान केन्य हे रामम’ (कपटीको मायामा परेँ हे राम) । यो गीत विभाष राग र प्रताल तालमा गाउने भनेर गीतको माथि नै उल्लेख गरिएको छ । यो भजनलाई नै नेपालभाषाको पहिलो काव्यको रूपमा लिइएको छ । र, यसैको आधारमा महिन्द्र मल्ललाई नेपालभाषाको पहिलो आदिकवि मान्नुपर्छ भन्ने तर्क पनि गरिन्छ । यति पुरानो यो भजन पनि केही वर्षअघिसम्म गाउने चलन रहेको थियो । तीन-चार शताब्दी पुरानो कुनै पनि गीत आजको मितिसम्म यसरी गाएरै सुरक्षित गरिएको दुनियाँमा कहीं छैन, नेवाः समाजमा मात्रै छ ।
सयौँ वर्ष पुरानो गीत यसरी आजसम्म जीवित रहनुको कारण अनौठो छ । यी दाफा भजनहरू एक पुस्ताले गाएको सुनेरै अर्को पुस्ताले सिक्ने हो । समूहमा गाउँदै-सिक्दै नै यो गीत-संगीत आजसम्म जीवित छ । समूहमा बसेर मौखिक रूपमै गीत सिकाउनु र सिक्नु पनि दाफा भजनको खास विशेषता हो भने यो नै यसको कमजोरी पनि हो ।
दाफा भजनमा गीत र संगीत त छ तर त्यो सिक्ने-सिकाउने कुनै व्याकरण छैन, जसले गर्दा दाफा भजन विस्तार हुन पाएन । यो भजन सिकाउने कुनै सांगीतिक विधि, नोटेसन छैन । यो विभिन्न ताल र रागमा गाउनुपर्ने हुन्छ । तर, गायकहरूलाई त्यो ताल र रागको कुनै ज्ञान भने हुँदैन । त्यसैले यसमा सुधार नभएको देखिन्छ ।
दाफा भजन सुरु हुँदा नेपालमा हार्मोनियम, बाँसुरीजस्ता सुरवाद्यको चलनै थिएन । यो विशेषगरी खिं र ताः नामक परम्परागत वाद्यवादन मात्रै बजाएर गाउने गरिन्छ । सुरवाद्य नभएको कारण गीत गाउँदा गाउँदै अब यसपछि कुन सुरमा जाने भनेर थाहा पाउन गाह्रो हुन्छ । त्यो समस्या हटाउन गीतको बीचबीचमा ‘हाँदे’ भन्ने एउटा शब्द प्रयोग गरिएको हुन्छ । समूह-नाइकेले ‘हाँदे’ शब्दलाई जुन सुरमा गाउँछ बाँकीले पनि त्यही सुरमा गाउँछन् । दाफा देवीदेवताको गुणगान गरिएको रचना हो । तर, यो केवल भक्तिभाव र मनोरञ्जनका लागि मात्र गाइने गीत होइन ।
दाफा केवल बाजा होइन । यो एउटा संगठन हो । दाफाको लागि एउटा संस्था अनिवार्य छ । लोकगीतका लागि संस्था अनिवार्य छैन । त्यो चाडपर्व, कृषिकार्य, ऋतु आदिका बेला जसले जहाँसुकै गाउन सक्छ । तर, दाफा त्यसरी गाइँदैन । यो डबली, पाटी, सत्तल वा मन्दिरअगाडि मात्रै गाइन्छ । नेपालभाषाका लोकगीत हुन वा दाफा, यी सबै गीत-संगीत समूहमा बसेर सुनेरै मात्र सिक्नुपर्ने भएकाले यसलाई संगीतसम्बन्धी कुनै पनि शिक्षण संस्थाले स्थान दिएको पाइँदैन । नेपालमै पनि संगीत सिकाउँदा उत्तर भारतीय संगीत सिकाइन्छ, नेपालकै मौलिक संगीत सिकाइँदैन । नेवाः संगीतलाई नेपालको संगीत शिक्षामा समावेश गर्नुपर्ने अत्यावश्यक छ । यसका लागि नेवाः संगीतलाई पुरानो श्रवण परम्पराबाट माथि उठाई प्राज्ञिक तहमा पुर्याउनु पर्ने आजको आवश्यकता हो ।
दाफा भजनमा प्रचलित ताल तथा रागहरू
दाफा भजनमा अत्यन्तै प्रचलित तालहरूमा मुख्यतया चो (चार मात्रा) र जति (सात मात्रा) हुन् । यस्तै ताल गन्धः (चौध मात्रा), एकताल (छ मात्रा), प्रताल (चौध मात्रा)का तालहरू प्रचलनमा रहेको पाइन्छ भने विभिन्न तालहरूको संयोजन रहेको दुई ताल मिश्रित ताल दोमा, तीन ताल मिश्रितमा, यस्तै चौमा, पञ्चमा, षडमा, सतमा जसलाई समग्रमा ग्वारा तथा अस्तरा नामले सम्बोधन गरिने केही कठिन लाग्दा तालहरू समेत प्रचलनमा रहेको छ । यी ग्वारा तथा अस्तराहरु गायनको सुरुवात गर्दा छातीको अङ्गदेखि गीत भजनको राग लक्षणयुक्त आलापबाट उठान गरी क्रमशः मात्वाः, लवः, कचा मात्वाः,घों आदि अङ्गहरू गरी छ आवृत्तिसम्म दोहोर्याएपछि भजन पूरा गरिन्छ ।
त्यस्तै दाफा भजनमा पुराना भजनकर्मीहरुले थुप्रै रागहरूमा आधारित भजनहरू गाउने गरिए तापनि वर्तमानमा ती सबै रागहरूमा भजन गाउने भजनकर्मीहरुको अवस्थिति छैन । वर्तमानमा प्रचलनमा रहेका रागहरू मालव, केदार, सारंग, नाला, कोला, कौसी, विभास, भूपारी, बलारी सुरथ (सोरठ), व्यांचली, वसन्त, पहदीरा, पदमजली, आसावरी, देवगिरी, मल््हार, श्यामकरी, श्री, जयश्री, मालश्री, धनाश्री, विहाग नट आदि प्रचलनमा देखिन्छ ।
टोखा र दाफा भजन
टोखा टाइम्स, काठमाडौँ । टोखाको पहिचान बचाइराख्ने महत्वपूर्ण तत्वहरुमध्ये दाफा भजन पनि एक हो । एक प्रकारबाट टोखा र दाफा भजन पर्यायबाची बनिसकेको छ । टोखामा त्यस्तो कुनै कार्यक्रम छैन जसमा दाफा भजन नभएको होस् । यो भजन टोखाका मन्दिरहरुमा बिशेषतः सल्हु र पूर्णिमा आदि निश्चित पर्बमा अनिबार्य रुपले सञ्चालन गरिन्छ भने पाहाँचर्हे, विस्काः जात्रा, कृष्णजात्रा, येँया पून्ही र अन्य जात्रामात्रा एवं उत्सवहरुमा पनि दाफा भजनको सक्रिय सहभागिता रहेकै छ । श्री सपनतीर्थ विनायक, वंतुली अजिमा, च्वय् गणेश, क्वय् गणेश, पिगण द्यः लगायतको मन्दिरमा प्रातः दाफा भजन गर्ने चलन अद्यापि छ । समाजमा सम्पन्न गरिने शुभ बैवाहिक कार्यक्रम, चुडाकर्म, भीमरथारोहण वृद्ध पास्नी आदि ब्यक्तिगत कार्यक्रममा खुशियाली पूर्वक दाफा भजन खलःलाई आमन्त्रण गरेर हर्षोत्सब गर्ने पनि चलन छ जसमा सकृय सहभागी भएर जन समुदाय आनन्दानुभूति गर्दछन् ।
टोखा दाफा र चतुर्मास भजन
श्रावण शुक्ल प्रतिपदादेखि कार्तिक शुक्ल पुर्णिमासम्म चार महिनासम्म प्रत्येक साँझ दाफा भजन घरमा अनिवार्य दाफा भजन गाइन्छ । चतुर्मास दाफा भजन संसारकै लाम्रो भजन अर्थात संगीत उत्सवको रुपमा लिन सकिन्छ ।
दाफा भजनमा भाषिक प्रयोग
टोखामा प्रचलनमा रहेको दाफा भजनहरुमा गाइने भजन गीतहरुमा सवै खालका देवीदेवताहरुको स्तुतीगान रहेको छ । जसमा नेपालभाषा, हिन्दी भाषा, भोजपुरी, मैथली, नेपाली भाषाहरु तथा विभिन्न मिश्रित भाषाको समेत प्रयोग भएको पाइन्छ । कुनै कुनै गीतमा एकभन्दा वढी भाषाहरुका शव्दहरु प्रयुक्त हुंदा उक्त गीतको अर्थ समेत विचलन हुन गएको भेटिन्छन । शब्दहरु अपभ्रंश हुंदै आंउदा शाब्दिक अर्थमा प्रभाव परेको देखिन आएको छ । मूख्य रुपमा परम्परागत भजनहरुमा धेरैजसो नेपालभाषा प्रयोग भएको पाइन्छ । यसै सन्दर्भमा दाफा भजनमा प्रायजसो भक्तिगान नै गाइने भएता पनि विभिन्न जातक आख्यान, कथामा आधारित नाटकहरुका लागि लेखिएका कतिपय गीतहरु भजनका रुपमा नभई नाटकका पात्रहरुको दृश्य तथा प्रसंग भाव, दृश्य अनुसार प्रेम, मिलन, विछोडजन्य सन्दर्भका स्वच्छन्द गीतहरुलाई विभिन्न अवसरमा जोश र भावपूणर् रुपले गाउने गरिएको छ ।
टोखाका दाफा भजन खलःहरु
टोखामा हाल क्रियाशील पाँचवटा दाफा भजनहरु रहेको छ । तिनीहरुको आआफ्नै कार्य विधिहरु रहेको देखिन्छ । लिखित प्रमाण नहुँदा ती दाफा भजन खलःहरु कहिलेदेखि शुरु भएको हो भनेर ठ्याकै भन्न सक्ने अवस्था छैन् । यद्यपी ति सबै शदियौँदेखि निरन्तर सञ्चालन भई रहेको अनुमान गर्न सक्छौँ । टोखामा बि.सं. २०७८ सम्म श्री पिगण द्यः दाफा भजन खलः (सहलुबी), श्री सपनतीर्थ दाफा खलः(यलाग), चण्डेश्वरी दाफा खलः (इकुलाग), जोर भिमसेन दाफा खलः, इन्द्रायणी दाफा खलः र चण्डेश्वरी भजन खलः मुख्य रहेका छन् । यी बाहेक धिम्ये, पोंः, भजन समूहहरु समेत रहेको छ । विभिन्न जात्रापर्वहरुमा सरिक भई जात्रापर्वहरुमा भजन गाउनुका साथै मौलिक गीत संगीतले जात्रापर्वलाई सांगीतक माहोलमा हर्षोल्लासका साथ संचालन गर्ने गरेको छ । टोखामा मनाइने जात्रापर्व दाफा विना अधुरो छ । काठमाडौँ उपत्यका लगायत अन्य स्थानमा दाफा भजन विस्तारै लोप हुँदै गईरहेको अवस्थामा टोखामा भने दाफा भजनमा पुराना पुस्तासँगै नयाँ युवा पुस्ताहरुको सहभागिता उत्साहजनक देखिन्छ । टोखामा संस्कृति, सिप,कला र मौलिका बाजागाजा तथा संगीतलाई पुस्तान्तरण गर्दै अगाडि बढि रहेको देखिन्छ । एउटै दाफा खलःमा ३ देखि ५ पुस्ताहरु सक्रिय सहभागि रहेको छ । नयाँ पुस्ताहरुलाई दाफा भजनमा सहभागिता गर्न र त्यस प्रतिको मोह जगाउन खिँ, बाँसुरी धिम्येको प्रशिक्षण दिँदै नयाँ पिडीहरुलाई दाफा भजनमा सरिक गराउन टोखामा क्रियाशील दाफा भजन खलः निरन्तर लागि परेको देखिन्छ ।
आफ्नै खलका सदस्यहरुको दामासायी आधिक खर्चबाट सञ्चालित हुँदै आइरहेको दाफा भजनहरु आफ्नो मौलिक भाषा, कला, संगित, संस्कृति, रीतिरिवाज, जात्रापर्व गर्जेना गर्नका लागि अहोरात्र खटिरहेका छन् ।
टोखाका दाफा भजन खलः र सदस्यहरु
पिगण द्यः दाफा खलः(सहलुबी)
१. माईला श्रेष्ठ
२. अष्टमान श्रेष्ठ
३. नाति डंगोल
४. शेरमान श्रेष्ठ
५. खन्ते श्रेष्ठ
६. पञ्चनारायण डंगोल
७. न्हुच्छेबाबु डंगोल
८. आशालाल डंगोल
९. अमृत डंगोल
१०. बिकास डंगोल
११. बिनोद श्रेष्ठ
१२. देवनारायण डंगोल
१३. दिलबहादुर लवत
१४. धनबिर लवत
१५. दुर्जलाल श्रेष्ठ
१६. गणेशलाल श्रेष्ठ
१७. काजीलाल डंगोल
१८. कणर्बहादुर डंगोल
१९. मदन श्रेष्ठ
२०. मुक्तिमान डंगोल
२१. नानीबाबु डंगोल
२२. न्हुच्छे नारायण डंगोल
२३. सगर श्रेष्ठ
२४. साजन श्रेष्ठ
२५. सजिन्द्र डंगोल
२६. सन्तलाल डंगोल
२७. सानुबाबु डंगोल
२८. सानुमाया डंगोल
सपनातिर्थ दाफा खलः (यलाग)
१. सुब्बा डंगोल
२. अष्ट डंगोल
३. ज्ञान मान डंगोल
४. ज्ञान लाल डंगोल
५. सिद्धि लाल डंगोल
६. पञ्च नारायण डंगोल
७. हेर काजी डंगोल
८. बुद्धि नारायण डंगोल
९. पूर्ण लाल डंगोल
१०. दश नारायण डंगोल
११. नानी बाबु डंगोल
१२. अष्ट नारायण डंगोल
१३. राम कृष्ण डंगोल
१४. शैलेन्द्र डंगोल
१५. राज बिर डंगोल
१६. सत्य नारायण डंगोल
१७. राज कृष्ण डंगोल
१८. रमेश डंगोल
१९. देव राज डंगोल
२०. राज काजी डंगोल
२१. विकास डंगोल
२२. श्रीकृष्ण डंगोल
२३. सन्जय डंगोल
२४. लक्ष्मण डंगोल
२५. ज्ञान बाबु डंगोल
२६. आशिष डंगोल
२७. रमेश डंगोल
२८. सुमन डंगोल
२९. प्रकास डंगोल
३०. रोशन डंगोल
३१. तिर्थ डंगोल
३२. राज डंगोल
३३. योगेश डंगोल
३४. विजय राज डंगोल
श्री चण्डेश्वरी भजन खलः
१। माईला श्रेष्ठ
२। बिक्रम श्रेष्ठ
३। देव राज जोशी
४। प्रकाश श्रेष्ठ
५। श्यामकृष्ण श्रेष्ठ
६। कृष्णगोपाल श्रेस्थान
७। हिराकाजी श्रेष्ठ
८। नन्दलाल श्रेष्ठ
९। पञ्चमाया श्रेष्ठ
१०। सुरेश श्रेष्ठ
११। सुनिता श्रेष्ठ
१२। सुकु नारायण श्रेष्ठ
१३। शोभा लक्ष्मी श्रेष्ठ
१४। सनम श्रेष्ठ
१५। सानुलाल श्रेष्ठ
१६। काशीलाल श्रेष्ठ
१७। माईला श्रेष्ठ
१८। आँशु श्रेष्ठ
१९। काशिमाया श्रेष्ठ
२०। नानीछोरी श्रेष्ठ
२१। शकुन्थली श्रेष्ठ
२२। दिलु श्रेष्ठ
२३। देवि डंगोल
२४। लक्ष्मी श्रेष्ठ
२५। बिमला श्रेष्ठ
२६। तिर्थ कुमारी श्रेष्ठ
२७। माईला डंगोल
२८। माईली डंगोल
२९। ज्ञानी श्रेष्ठ
३०। न्हुच्छे नारायाण श्रेष्ठ
३१। राजेन्द्र श्रेष्ठ
३२। प्रयुष श्रेष्ठ
३३। बसन्त राज श्रेष्ठ
जोर भीमसेन डापा खल
१. गोपो कान्छा डंगोल
२. संखनारायण डंगोल
३. कृष्णलाल लवत
४. तेजलाल डंगोल
५. तुल्सी डंगोल
६. सानुकान्छ डंगोल
७. दिलकुमारी डंगोल
८. दिनेश डंगोल
९. हेराकाजी डंगोल
१०. माईला डंगोल
११. शबिन्द्र डंगोल
१२. सोखराज डंगोल
१३. जितेन्द्र डंगोल
१४. सोबलाल डंगोल
१५. ज्ञानकाजी श्रेष्ठ
१६. सुमन डंगोल ९गंचा०
१७. सानुकाजी श्रेष्ठ
१८. कशिनारायाण डंगोल
१९. सगर डंगोल
२०. रबि डंगोल
२१. ज्ञानबिर डंगोल
२२. रामसरण श्रेष्ठ
२३. सक्ष्मिनारायाण डंगोल
२४. सिद्धिलाल डंगोल
२५. साहु डंगोल
२६. सानुकाजी डंगोल
२७. पहलमान डंगोल
२८. कशिलाल डंगोल
२९. रमेश डंगोल
३०. राजेन्द्र डंगोल
३१. श्यामलाल डंगोल
३२. राजेश डंगोल
३३. कान्छ डंगोल
३४. रमेश डंगोल
३५. कान्छा डंगोल
३६. बिशलाल श्रेष्ठ
३७. काशिलाल लवत
३८. साईला लवत
३९. माईला डंगोल
४०. रमेश डंगोल
४१. माईला डंगोल
४२. राजेन्द्र डंगोल
४३. बिश्वक डंगोल
श्री चण्डेश्वरी इकुलाग दाफा खलः
१. अष्टनारायण डंगोल
२. धनलाल श्रेष्ठ
३। बालकृष्ण श्रेष्ठ
४। सानु श्रेष्ठ
५। भख्य श्रेष्ठ
६। मंगलदास श्रेष्ठ
७। बुद्धि नारायण श्रेष्ठ
८। धर्म श्रेष्ठ
९। हेमराज श्रेष्ठ
१०। हेराकाजी श्रेष्ठ
११। कृष्ण बहादुर श्रेष्ठ
१२। माईल लवत
१३। न्हुच्छे श्रेष्ठ
१४। पूणर् लाल श्रेष्ठ
१५। राजकाजी श्रेष्ठ
१६। राजकुमारी श्रेष्ठ
१७। स्वोस्तिका श्रेष्ठ
१८। सुमन श्रेष्ठ
१९। उपकार श्रेस्थान
२०। निमेष श्रेष्ठ
२१। निशान्त श्रेष्ठ
इन्द्रायणी दाफा खलः
१. भिन्द्यो डंगोल
२. नाति डंगोल
३. सानुबाबु डंगोल
४. भख्यसी डंगोल
५. रामकृष्ण डंगोल
६. नाति डंगोल
७. मणिराज डंगोल
८. आशाकाजी डंगोल
९. चन्द्रमा डंगोल
१०. दिलबहादुर डंगोल
११. सुकुनारायण लवट
१२. कृष्ण लाल लवट
१३. सुकुनारायण डंगोल
१४. सुशान्त डंगोल
१५. प्रकाश डंगोल
१६. राजकाजी डंगोल
१७. सुर्यमान डंगोल
१८. हरीकृष्ण श्रेष्ठ
१९. रोशन डंगोल
२०. शैलेन्द्र डंगोल
२१. सानुराज डंगोल
२२. अनिश डंगोल
२३. विश्वराज लवट
२४. सुरेश डंगोल
२५. राजकुमार डंगोल
२६. रमेश डंगोल
२७. अर्जुन डंगोल