• स्थानीय संस्कृतिको सम्बर्द्धन र व्यवसायको प्रवर्द्धन गर्न टोखामा शुक्रबार ‘नेवारी खाजा महोत्सव’

    टोखा टाइम्स, १० असोज । टोखाको संस्कृतिको सम्बर्द्धन र स्थानीय व्यवसायीहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ टोखामा नेवारी खाजा महोत्सव हुने भएको छ । ‘विश्व पर्यटन दिवस २०८१’ को अवसरमा टोखा नगरपालिका २ र ३ वडा कार्यालयको संयुक्त आयोजनमा टोखा संस्कृति संरक्षित क्षेत्र विकास समित र नेवा: गुठी टोखाको व्यवस्थापनमा मौलिक नेवारी खाजा महोत्सव भोलि शुक्रबार टोखा बजारमा हुन्न लागेको हो ।

    हाम्रो संस्कृति, हाम्रो पहिचान भन्ने मूल नाराका साथ
    ऐतिहासिक साँस्कृतिक नगरी टोखामा टोखा नगरपालिका वडा नं २ र ३ को संयुक्त आयोजनामा विश्व पर्यटन दिवसको अवसरमा टोखाको नेवाः मौलिक खाजा महोत्सवको आयोजना गरिएको टोखा नगरपालिका २ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले बताए ।

    श्रेष्ठले भने,’टोखामा आन्तरिक पर्यटक भित्र्याई स्थानीय उत्पादन हस्तकला, कृषि उत्पादन सामग्रीको वजारिकरण, मौलिक खाजाको परिकार विक्री गर्नुका साथै टोखाको सांस्कृतिक सम्पदाहरूको प्रचार प्रसार गर्ने उद्देश्यले २ र ३ वडाद्वारा आयोजित कार्यक्रममा उपस्थितिको लागि टोखामा हार्दिक स्वागत गर्दछु ।’

    टोखा नगरपालिका ३ का वडाध्यक्ष रमेश डंगोलले दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म टोखा बजारमा हुने कार्यक्रममा उपस्थित भै अवलोकन गरी कार्यक्रम सफल पार्न टोखाबासी तथा सुभेच्छुकहरूमा अनुरोध गरे ।

    टोखाको संस्कृतिको सम्वर्द्धन, स्थानीय व्यवसायीहरूलाई प्रवर्द्धन गर्ने हेतुले कार्यक्रमको आयोजना गर्न लागरेको टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितका अध्यक्ष गणेशमान श्रेष्ठले बताए ।

    ‘टोखाको पौराणिक संस्कृति, सम्पदा संस्कारहरूको संरक्षणको लागि हामी निरन्तर जुटिरहेका छौं । हामी विश्व पर्यटन दिवसको अवसर पारेर टोखाको संस्कृतिको सम्वर्द्धन, स्थानीय व्यवसायीहरूलाई प्रवर्द्धन गर्ने हेतुले भोलि शुक्रबार सांस्कृतिक कार्यक्रम सहितको खाजा महोत्सव गर्दैछौं ‘ उनले भने।

    टोखाको मौलिक सांस्कृतिक बाजागाजाको प्रस्तुति तथा साँस्कृतिक झाँकी, नेवारी खानाका परिकार, हस्तकला सामग्री तथा लोकल उत्पादन प्रदर्शन तथा बिक्री स्थल रहने महोत्सव व्यवस्थापनको जिम्मेवारी लिएका नेवाः गुठी टोखाका अध्यक्ष रमेश नापितले बताए ।

    Facebook Comments Box