• टोखा उद्यमी बहुउद्देश्यीय सहकारीमा पुनः सत्यदेवी डंगोल निर्वाचित

    १८ असोज, टोखा टाइम्स । टोखा उद्यमी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः सत्यदेवी डंगोल निर्वाचित भएकी छन् ।

    सहकारीको चौथो बार्षिक साधारणसभाबाट पुन: डंगोलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । संस्थाको उपाध्यक्षमा संगीतन डंगोल, सचिवमा सुशील श्रेष्ठ र कोषाध्यक्षमा रिता श्रेष्ठ चयन भएका छन् ।

    यस्तै सदस्यहरुमा रोजिना कर्मचारी, आशा कुमारीश्रेष्ठ, लक्ष्मीदेेवी श्रेष्ठ, पुनम श्रेष्ठ र शारदा डंगोल रहेका छन् ।

    संस्थाको लेखा उपसमितिको संयोजकमा शान्ति श्रेष्ठ र सदस्यमा न्हुच्छे माया डंगोल चयन भएका छन् । ऋण उपसमितिको संयोजक सरिता श्रेष्ठ सदस्य शान्ति श्रेष्ठ र निशा श्रेष्ठ रहेका छन् भने शिक्षा उपसमितिको संयोजकमा निर्माला डंगोल सदस्यमा सानुमाया श्रेष्ठ र सरिता डंगोल रहेका छन्।

    नवनिर्वाचित कार्यसमिति तथा उपसमितिका नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका अध्यक्ष प्रकाश डंगोल सपथ ग्रहणका साथै प्रमाणपत्र वितरण गरेका थिए । निर्वाचन समितिको सदस्यमा बुद्धि हरी श्रेष्ठ र राजकाजी डंगोल रहेका थिए ।

    नवर्निवाचित अध्यक्ष डंगोलले सबै सदस्यलाई साथमा लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाइन् । शेयर सदस्य र संस्थाको आर्थिक तथा सर्वतम हितका लागि आवश्यक नीति तथा कार्यक्रम बनाएर अगाडि बढ्ने उनले बताइन् ।

    Facebook Comments Box