• लायन्स क्लव अफ टोखा काठमाडौंको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम

    टोखा, १७ असोज । लायन्स क्लव अफ टोखा काठमाडौंले सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स इन्टरनेशनल काठमाडौं एम.डी १२५ डी अन्तरगतका विभिन्न लायन्स क्लवहरुक‍ो संयुक्त अायोजनामा लायन्स क्लव अफ टोखा काठमाडौंको व्यवस्थापनमा टोखा परम्परागत चाकु संरक्षण समाजको सहयोगमा बिहीबार दशैंको अवसर पारेर क्लवले सम्मान तथा शुभकामना आदानप्रदानक कार्यक्रमको आयोजना गरिएको हो ।

    लायन्स क्लव अफ टोखा काठमाडौंका प्रेसिडेन्ट लायन सानुबाबु श्रेष्ठको अध्यक्षतामा लायन खगेन्द्र सिटौलाको प्रमुख आतिथ्यमा टोखाको वि.एल भ्वय छेंमा सम्पन्न भएको कार्यक्रममा टोखा नगरपालिका-३ का वडाध्यक्ष रमेश डंगोल, खगेन्द्र सिटौला एस.सी.ए, अतिथि लायन सुरेन्द्र प्रकाश बले, सुनिल भक्त श्रेष्ठ एस.सी.ए, महेश आचार्य, योगराज कँडेल शर्मा, सिंह कुमार राज सुवेदी, लायन विश्वराम गोर्खाली, विष्णुभाई श्रेष्ठ, उत्तमराज कायस्थ, राजेन्द्र दुलाल, जिल्ला मन्त्रिपरिषद् कोष सिंह मन्दर शिखर बन्दोपाध्याय, जिल्ला प्रमुख सल्लाहकार दिपक कुमार भण्डारी लगायत लायन्स इन्टरनेशनल काठमाडौं डिस्ट्रि १६३ डी का साथै अन्य विभिन्न क्लवका प्रतिनिधिहरू सहभागी रहेको थियो ।

    कार्यक्रममा टोखाका विभिन्न विधाका चार जना व्यक्तित्वहरू सम्मानित भएका छन् । सम्मानित हुनेमा शिक्षा तर्फ बाबुलाल डंगोल, संस्कृति तर्फ टोखा तलेजु मू नायः हेमराज श्रेष्ठ, खेलकुद तर्फ नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य मनिष जोशी र सामाजिक कार्य तर्फ टोखा संस्कृति संरक्षित क्षेत्र बिकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ रहेकाछन् । उहाँहरूलाई टोखामा पुर्याएको योग्दानको कदर स्वरूप सम्मान गरिएको आयोजकले बताएको छ ।

    कार्यक्रममा बोल्ने वक्ताहरूले शुभकामना मन्तव्य राख्नेक्रममा गत साता भारी वर्षातका कारण भौतिक तथा मानवीय क्षतिप्रति दु:ख व्यक्त गर्दै दशैंको शुभकामना व्यक्त गरेका थिए ।

    कार्यक्रमका अध्यक्ष एवम् लायन्स क्लव अफ टोखा काठमाडौंका प्रेसिडेन्ट लायन सानुबाबु श्रेष्ठले कार्यक्रमलाई  भव्य र सव्य रूपमा सफल बनाउन उपस्थित प्रमुख अतिथि, अतिथि, शुभचिन्तक प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा लायन्स क्लव टोखा काठमाडौं आयोजना गरिने कार्यक्रममा यस्तै साथ सहयोग मिल्ने विश्वास व्यक्त गरेका थिए ।

    Facebook Comments Box