• टाेखा मालपोत: किर्ते लालपुर्जा बनाएर जग्गा बिक्री गरेको आरोपमा लेखनदास बद्री पाण्डे पक्राउ

    काठमाडाैं, २३ असाेज । काठमाडाैंकाे टाेखास्थित मालपाेत कार्यालयकाे संलग्नतामा किर्ते लालपुर्जा बनाएर जग्गा बिक्री गरेकाे खुलेकाे छ ।

    नुवाकोट निवासी लेखनदास बद्री पान्डेले टाेखा मालपोत कार्यालयका कर्मचारीसंग मिलेर किर्ते लालापुर्जा बनाएर जग्गा बिक्री गरेकाे खुलेकाे हाे ।

    टाेखा नगरपालिका वडा २ का सुमन श्रेष्ठ र टाेखा नगरपालिका वडा ३ का पुष्प श्रेष्ठको तार्केश्वर नगरपालिका वडा १ को किता नं ३८० को ११ आना जग्गा लेखनदास बद्री पाण्डेले किर्ते लालपुर्जा बनाएर बिक्रि गरेको श्राेतकाे दाबी छ ।

    मंगलबार टाेखाका स्थानीयले किर्ते गर्ने लेखनदास पाण्डेलाई प्रहरी प्रभाग टाेखाकाे जिम्मा लगाएका छन् भने किर्तेमा संलग्न पाण्डेमाथि किर्ते सम्बन्धि मुद्दा चलाइने प्रहरी प्रभाग टाेखाले जनाएकाे छ । प्रहरीका अनुसार टाेखा मालपाेत कार्यालयका कर्मचारीकाे पनि किर्तेमा संलग्नभएका कारण छानविनसंगै कार्वाही अघि बढाइने जनाएकाे छ ।

    Facebook Comments Box