• टोखा नगर स्काउटको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

    १९ असोज, टोखा टाइम्स । टोखा नगर स्काउटको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । टोखा नगर स्काउटले नजिकिँदै गरेको विजया दशमी, शुभ दीपावली नेपाल सम्वत ११४५ एवम् छठपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो ।

    टोखा नगर स्काउट प्रमुख आयुक्त नवीन श्रेष्ठको सभापतिमा नेपाल स्काउट राष्ट्रिय सचिव श्रीराम अर्यालको प्रमुख आतिथ्यमा विशिष्ट अतिथि टोखा नगरपालिका २ र ३ वडाका वडाध्यक्षद्वय धर्मेन्द्र श्रेष्ठ र रमेश डंगोल, अतिथि टोखा नगरपालिका २ वडासदस्य अमर डंगोल, टोखा टाइम्सका सम्पादक सुविन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

    त्यस्तै कार्यक्रमका प्रमुख श्रीराम अर्यालले नजिकिँदै गरेको पर्वहरूको शुभकामना व्यक्त गर्दै टोखन नगर स्काउटलाई आफ्नो तर्फबाट सक्ने साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

    वडाध्यक्षद्वय धर्मेन्द्र श्रेष्ठ र रमेश डंगोलले नजिकिँदै गरेको चाडपर्वहरूको शुभकामान व्यक्त गर्दै सामाजिक कार्यमा स्काउटले निभाउदै आइरहेको कार्यको प्रशंसा गर्दै टोखा नगरपालिका २ र ३ वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा स्काउट क्र्यु संचालन र व्यवस्थापन मिलाउने वचन बद्धता व्यक्त गर्दै आवश्यक साथ सहयोग गर्ने बताए ।

    आवश्यक बजेटको आभावमा टोखामा स्काउटको संख्यमा वृद्धि, उनीहरूलाई उचित तालिम तथा कार्यक्रमहरू आयोजना गर्न गाह्राे परिरहेको बताएका छन् । सबैको साथ सहयोग र आवश्यक बजेट भएको खण्डमा टोखा स्काउट देशकै उत्कृष्ट स्काउन बन्ने उनले दाबी गरे ।

    उनले भने, ‘वडाध्यक्षहरूले स्काउटलाई व्यवस्थितरूपमा संचालन गर्न सहयोग गर्ने वचनको सम्मान गर्छौं । उचित साथ सहयोग पाएमा टोखाको स्काउटहरूको क्षमता अभिवृद्धि गर्न सकिने छ । स्काउटलाई भौतिक नैतिक रूपमा सहयोग गर्ने प्रति धन्यवाद व्यक्त गर्दछु ।’

    कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय सचिव श्रीराम अर्याल, सापटाकुर खेलाडी सविना डंगोल, विश्वराज श्रेष्ठ ओएसिस पब्लिकका प्रधानाध्यापक सम्मानित भएका थिए ।

    Facebook Comments Box