टोखा टाइम्स । भारी बर्षाका बाबजुद पनि टोखामा विश्व पर्यटन दिवसकै दिन नेवाः खाजा महोत्सव कार्यक्रम भब्यताकासाथ सम्पन्न भएको छ ।
टोखा नगरपालिका २ र ३ वडा कार्यालयको संयुक्त आयोजनामा टोखा संस्कृति संरक्षित क्षेत्र बिकास समिति र नेवा: गुथि टोखाको संयुक्त व्यवस्थापनमा आयोजित कार्यक्रमको प्रमुख आतिथ्यमा नगर प्रमुख प्रकाश अधिकारीले शुक्रबार टोखा बजारमा महोत्सवको उद्घाटन गर्नु भएको हो ।
स्थानीय रैथाने मौलिक उत्पादन, खानाका परिकारको प्रवर्द्धन र कला संस्कृतिको सम्बर्द्धन गरी अान्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहित आयोजित कार्यक्रम प्रतिकुल मौसमका बीच सम्पन्न भएको हो ।
महोत्सवमा टोखा २र३ का महिला समूहहरूले खाजा स्टलका साथै हस्तकला, चाकु, चिउरा कुट्ने स्टल राखिएको थियो ।
नेवाः गुथि तोखाका अध्यक्ष रमेश नापितले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा टोखा नगरपालिका ३ वडा अध्यक्ष रमेश डंगोलको सभापतित्व रहेका थिए । महोत्सव उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि उपप्रमुख मुरारी तामाङ, अतिथि टोखा नगरपालिका-२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ, टोखा १ का वडाध्यक्ष रमेश लामिछाने, टोखा-४ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडासदस्य अमर डंगोल, ३का वडासदस्य हरीकृष्ण श्रेष्ठ, शान्ता राई, देवीमाया नेपाली, टोखा-६ कि वडाध्यक्ष शान्ता पौडेल, टोखा- ७ का वडाध्यक्ष नरोत्तम राना, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बी.सी, २ र ३ वडाका सचिवद्वय शालिकराम गौतम र सानू श्रेष्ठ, संरक्षित क्षेत्र बिकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, राजनितिकदल तथा विभिन्न संस्थाका प्रतिनिधि लगायतको उपस्थित रहेको थियो ।