• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१६ पुष २०७९, शनिबार


    बिज्ञापन
  • प्रथम राष्ट्रिय फुलकन्ट्रयाक्ट क्योकुशिन कराँते प्रतियोगिता सम्पन्न

    टोखा टाइम्स, काठमाडौँ । बालप्रेमी खेलकुद मण्डल टोखाको ४२ औं वार्षिक उत्सवको अवसरमा टोखा फुलकन्ट्रयाक्ट इन्कर्पोरेट कराँते फाउन्डेशनको प्राविधिक सहयोगमा आयोजित एक दिवशीय प्रथम राष्ट्रिय फुलकन्ट्रयाक्ट क्योकुशिन कराँते प्रतियोगिता २०७९ सम्पन्न भएको छ ।

    टोखा-३ अवस्थित सरस्वती मन्दिर प्राङ्गणमा विभिन्न तौल समूहहरु बीच आयोजित प्रतियोगिताको शनिवार टोखा नगरपालिका ३ वडाका वडाध्यक्ष रमेश डंगोलले उद्घाटन गरेका थिए ।

    कार्यक्रमको उद्घाटन गर्दै टोखा-३ का वडाध्यक्ष रमेश डंगोलले खेलकुडबाट समाजमा परिवर्त ल्याउन सक्छ भन्ने उद्देश्यले स्थापित बालप्रेमी खेलकुद मण्डलले खेलकुद र सामाजिक कार्यमार्फ समाजको विकास र परिवर्तनको कार्यमा अगाडी बढिरहेको बताए ।

    क्लवका निवर्तमान अध्यक्ष समेत रहेका उनले आफ्नो खेल कला शीपलाई कुशलतापुर्वक अनुशासीत भएर प्रदर्शन गर्नु एक सच्चा खेलाडीको पहिचान भएको भन्दै खेललाई गम्भीरतापूर्वक आत्मसाथ गरेर अगाडी लाग्न अनुरोध समेत गरेका थिए ।

    प्रतियोगितामा महिला र पुरुष तर्फ ४५ के.जि, ५५ के.जि र खुल्ला, त्यस्तै अन्तर दोजाङ र २० वर्ष मुनि उमेर समूहका प्रतिस्प्रधा भएको थियो । प्रतियोगितामा उपत्यकाका विभिन्न स्थानबाट ८५ जनाले सहभागिता जनाएका थिए ।

    क्लवका अध्यक्ष राम डंगोलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रतियोगितामा विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि रमेश डंगोल लगायतले नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

    Facebook Comments Box