• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१७ चैत्र २०७९, शुक्रबार


    बिज्ञापन
  • सपनतिर्थ मेला तथा बिस्का: जात्रा व्यवस्थित, शान्तिपूर्ण, भव्य र सभ्य रूपमा मनाउने तयारी

    टोखा टाइम्स, काठमाडौं । टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिको आयोजनामा बैशाख १ गते लाग्ने सपनतिर्थ मेला तथा विस्का: जात्राको व्यवस्थापन, शान्तिसुरक्षा लगायत विविध विषयमा बैठक बसेको छ ।

    टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षतामा टोखा – २ वडा कार्यालय भवन प्राङ्गणमामा शुक्रवार बसेको बैठकमा टोखा २ र ३ वडाका वडाध्यक्ष द्वय धर्मेन्द्र श्रेष्ठ तथा रमेश डंगोल, मूनायो हेमराज श्रेष्ठ, सम्बन्धित द्य: खल:, पुजारी, बाजा खल:, विभिन राजनीति दल, सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, नेपाल प्रहरी, ट्राफिक प्रहरी बीच मेला तथा जात्रा व्यवस्थापन सम्बन्धि प्रारम्भिक चरणको बैठक बसेको हो ।

    मेला तथा जात्रालाई व्यवस्थित रूपमा शान्तिपूर्ण भव्य र सभ्य रूपमा सम्पन्न गर्न बसेको बैठकले टोखा नगरपालिकाका नगरमुख, उपप्रमुख र २र ३ वडाका वडाध्यक्षहरू संरक्षक रहने गरी संस्कृति क्षेत्र विकास समितिका अध्यक्षको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गर्ने र त्यस समिति मार्फत सम्पुर्ण काम कार्वाही गर्ने निर्णय गरेको छ । जसमा तलेजुका मूल नायो: हेमराज श्रेष्ठ र नेवाः गुथि टोखाको सह संयोजन तथा टोखामा क्रियाशील विभिन्न राजनीतिक दल, संघसंस्था, द्यः खल:, बाजा खल:, नेपाल प्रहरी, ट्राफिक प्रहरी समेतको सदस्यता रहने छ ।

    बैठकमा सवारी पार्किङको व्यवस्थापन, जात्राको समय तालिका तयारी, सडक बत्ती जडान, चोक तथा मन्दिरमा सी.सी. क्यामरा जडान, खानेपानी, सपनतिर्थमा स्नान गर्न लुगा फेर्ने स्थानको व्यवस्थापन, सार्वजनिक शौचालयको व्यवस्थापन, सरसफाइ लगायतको विषयमा छलफल भएको थियो ।

    Facebook Comments Box