• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:५ श्रावण २०८०, शुक्रबार


    बिज्ञापन
  • धार्मिक तथा पर्यटकीय स्थल ‘टोखा-झोर बैडेश्वर झरना’ मेला हुने

    टोखा, काठमाडौं (टोखा टाइम्स) – पर्यटकीय गन्तव्यको रुपमा परिचित उत्तरी कठमाडौंको टोखा झोरमहाँकालमा अवस्थित बरूणेश्वर झरनाको मेला हुने भएको छ । धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित यस स्थलको भोलि (श्रावण ६ गते) शनिबार मेलाको आयोजना गरिन लागेको हो ।

    मन्दिर तथा झरनाको सम्बर्द्धन, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने हेतुले टोखा नगरपालिकाको सहयोगमा बैडेश्वर संरक्षण समितिको आयोजनामा हुन लागेको उक्त मेलामा इन्द्रेणी कार्यक्रमका समूह तथा हास्य कलाकार सुबोध गौतमका साथै स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुती समेत रहने आयोजकले जनाएको छ । उक्त मेलामा सहभागी हुन आयोजकले सम्पुर्ण भक्तजन तथा प्रकृति प्रेमिहरूमा अनुरोध समेत गरेको छ ।

    शिवपुरी निकुञ्जको फेदमा अवस्थित यस धार्मिक तथा पर्यटकीय स्थल धार्मिक तथा प्रकृति प्रेमी युवा पुस्तामाझ निकैनै लोकप्रिय छ । प्रकृतिको शान्त वातावरणमा अवस्थित गुफा भित्र बिराजमान बरूणेश्वर महादेव, प्रत्येक वर्षको असार महिना (बर्खाको समयदेखि) बग्ने प्राकृतिक मनमोहक छटाले भरीपुर्ण झरनामा रमाउन आउनेको संख्या वर्षेनि बढ्दो छ । श्रीकृष्ण बरूणेश्वर महादेवको बासस्थानको रूपमा रहेको स्थानमा श्रावण महिनामा ब्रतालुहरूको विशेष घुइँचो लाग्ने गर्छ ।

    Facebook Comments Box