• टोखा टाइम्स

    • प्रकाशित मिति:२२ जेष्ठ २०८०, सोमबार


    बिज्ञापन
  • टोखा अस्पतालको लापरबाही, म्याद नाघेको औषधि बिरामीलाई दिईयो

    टोखा टाइम्स, काठमाडौँ । टोखा चण्डेश्वरी अस्पतालले बिरामीलाई म्याद नाघेको औषधि प्रयोग गरेको सार्वजनिक भएको छ । आज बिहान सामान्य जोरोका साथै खोकी र छात्ती दुखेर अस्पतालमा चेकजाँच पश्चाल थप उपचारका लागि अस्पतालमा भर्ना भएका टोखा-१ झोरका ३३ वर्षीय सुरज अधिकारीलाई मिति सकिएको औषधि अस्पतालका स्वास्थ्यकर्मीहरुले प्रयोग गरेको भेटिएको हो ।

    चिकित्सकले लेखिदिएको औषधि अस्पतालकै फार्मेसीबाट खरिद गरी ल्याएको औषधि वार्डमा खटिएका चिकित्सकले चेकजाँच नै नगरी प्रयोग गरेको जनाएको छ । 

    विरामीकालागि ल्याईएको Azithtromycin 500 AG नामक (खोकि, घाँटी दुखाइको लागि प्रयोग गरिने) औषधि प्रयोग मिति सकिएको भन्ने थाहा पाएपछि बिरामीका परिवारले अस्पताल प्रशासनसँग गुनासो गर्दा गैरजिम्मेवारपूर्ण जवाफ दिएको बताएका छन् । म्याद सकिएको औषधिका कारण विरामी आधिकारीको अस्पताल भर्ना हुनुअघि भन्दा थप अवस्था असहज भएको उनका परिवारले दावी गरेका छन् ।

    उपचारत अधिकारीका आफ्नतले जनरल वार्डमा खटिएकी नर्सलाई कार्वाही गर्नुपर्ने र बिरामीको सम्पुर्ण जिम्मेवारी लिनु पर्ने र बिरामीलाई केही तलमाथि भएमा त्यसको क्षतिपूर्ति अस्पताल प्रशासनले व्यहोर्नुपर्ने भन्दै आक्रोशित छन् ।

    यस बिषयमा टोखा चण्डेश्वरी अस्पतालका व्यस्थापन समितिका सदस्य तथा प्रशासन प्रमुख व.मेसु नवीन दर्नालले अस्पतालबाटै कमजोरी भएको स्वीकार गर्दै छानविन समिति गठन गरी दोषि उपर कारबाही गर्ने बताएका छन् । उनले फार्मेसी र स्टोररुमा औषधिको छानविन गरी त्यसको उचित व्यवस्थापन गर्न कर्मचारीहरुलाई निर्देशन दिएको बताएका छन्

    बिरामी सुरज अधिकारीको आवश्यक थप उपचारका लागि सोही वार्डमा उपचार भैरहेको छ । उनको स्वास्थ्य अवस्था बुझ्न युरिन कल्चर टेस्ट गर्न ल्याबमा पठाएको छ ।

    औषधी ऐन २०३५ बमोजिम म्याद सकिएका औषधि बिक्रि वितरण गरेमा ५ बर्षसम्म कैद र जरिवाना हुने कानूनी व्यवस्था छ । त्यसैगरी ज्यानलाई खतरा हुनसक्ने अवस्थामा १० बर्षसम्म कैद र जरिवाना हुने कानूनी व्यवस्था रहेकोछ ।

    यस अघिपनि अस्पतालमा विभिन्न समयमा लापरबाही हुने गरेको भएपनि अस्पताल प्रशासनले चासो नदेखाएको आरोप लाग्दै आएको छ । 

    मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने समवेदनशील  विषयमा अस्तपाल प्रशासन र कर्मचारीको यस्तो लापरबाही निन्दनीय छ । अस्पताल प्रशासनले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई हदैसम्मको कार्वाही नगर्ने हो भने आउँदा दिनहरू यो भन्दा ठुलो घटना नहोला भन्न सकिन्न । यस तर्फ अस्पताल प्रशासन तथा नागरिक सचेत र सजग हुन जरूरी छ ।

    Facebook Comments Box