• टोखा टाइम्स

    • प्रकाशित मिति:१२ भाद्र २०८०, मंगलवार


    बिज्ञापन
  • गुंपुन्हि टोखा विशेषः  उत्कृष्ट ख्यालःकर्मीलाई पुरस्कृत गरिने

    टोखा टाइम्स, काठमाडौं । गुंपुन्हिको अवसरमा ख्यालिका क्रममा उत्कृष्ट ख्यालः प्रस्तुत गर्नेलाई पुरस्कृत गर्ने भएको छ । आज बिहान टोखा संस्कृति संरक्षित क्षेत्र बिकास समितिको कार्यलयमा बसेको बैठले ख्यालिका क्रममा उत्कृष्ट ख्यालः प्रस्तुत गर्नेलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

    हाम्रो ऐतिहासिक सांस्कृतिक संरक्षित क्षेत्र टोखा नगरीको मौलिक परम्परागत गुंपुन्हि ख्यालि पर्वलाई भव्य र सभ्य बनाउन समसामयीक राजनैतिक, सांस्कृतिक, सामाजिक विकृति विसंगतिको उजागर गरी हाँस्यव्यङ्ग, प्रहसन, झाँकी पुरस्कार जित्ने गरी भाद्र १६ गते शनिबार ख्याली प्रस्तुति गर्नुहुन समितिका अध्यक्ष गणेशमान श्रेष्ठले सम्पुर्ण ख्यालीकर्मीहरुमा अनुरोध गरेका छन् ।

    आज बसेको बैठकले निश्चित स्थानमा निर्णायकमण्डको टोलि बस्ने र उनीहरुको मल्याङ्कनका साथै जनमानसबाट समेत प्राप्त लोकप्रियताको जनमतका आधारमा ख्यालःकर्मीहरुलाई एक कार्यक्रम बीच पुरस्कृत गरिनेछ ।

    विगतमा यो मल्याङ्कन कार्यक्रम साँस्कृतिक दबु पुचले गर्दै आएको थियो । भने यस वर्षदेखि टोखा संस्कृति संरक्षित क्षेत्र बिकास समितिले गर्ने भएको छ ।

    Facebook Comments Box