• टोखा टाइम्स

    • प्रकाशित मिति:१५ भाद्र २०८०, शुक्रबार


    बिज्ञापन
  • टोखा नगरपालिका २ र ३ मा आज सार्वजनिक बिदा

    टोखा टाइम्स, काठमाडौं ।  टोखा नगरपालिका २ र ३ वडामा आज (शुक्रबार) सार्वजनिक बिदा दिएको छ। शुक्रबार सापारु मनाउन वडा कार्यालयले सार्वजनिक बिदा दिएको हो ।

    शुक्रबार सापारुलाई परम्परालाई निरन्तरता दिई टोखाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा दिएको सूचनामा उल्लेख छ ।

    टोखा नगरपालिका २ वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठद्वारा प्रकाशित सूचनामा भनिएको छ,‘प्रस्तुत विषयमा भोलि मिति २०८०/०५/१५ गते शुक्रबारका दिन स्थानीय पर्व गाईजात्रा( सापारू) मनाउने भएको हुंदा उक्त परम्परालाई निरन्तरता दिई यस टोखा नगरपालिकाको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण गर्न टेवा पुर्‍याउन् हेतुले वडा नं.२ र ३ मा सार्वजनिक बिदा दिने निर्णय भएको हुंदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

    Facebook Comments Box