• टोखा टाइम्स

    • प्रकाशित मिति:१७ आश्विन २०८०, बुधबार


    बिज्ञापन
  • टोखामा वृहत् निःशुल्क स्वास्थ्य शिविर हुने

    टोखा टाइम्स, काठमाडौं। लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ एस नेपाल एरिया वान र काठमाडौँ मोडल हस्पिटल इन्स्टिच्युट अफ हेल्थ साइन्सको संयुक्त आयोजना तथा टोखा साहित्य दबूको सहयोगमा वृहत स्वास्थ्य शिविर आयोजना हुने भएको छ।

    आगामी असोज २० गते शनिवारका दिन टोखा स्थित सरस्वती चौरमा वृहत र निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।

    बिहान ९ :०० बजेदखि ३ : ०० बजेसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा पाठेघर मुखको क्यान्सर, स्तन क्यान्सर, ब्लड प्रेसर, मधुमेहको जाँच सम्बन्धी विशेषज्ञबाट सेवा निःशुल्क पाइनेछ। साथै उक्त शिविरमा क्यान्सर, एन्टीबायोटिक सम्बन्धि सचेतना तथा मनोबैज्ञानिक निःशुल्क परामर्श सेवा समेत उपलब्ध हुनेछ ।

    आयोजकले वृहत निःशुल्क स्वास्थ्य शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिन सम्पुर्ण टोखाबासीमा अनुरोध गरेको छ।

    Facebook Comments Box