• टोखा टाइम्स

    • प्रकाशित मिति:९ कार्तिक २०८०, बिहीबार


    बिज्ञापन
  • टोखाको परम्परागत खड्ग जात्रा

    टोखा टाइम्स, काठमाडौं । तलेजु तुलाना भवानी हुनन् सर्वप्रथम सिमौनगदबाट हरिसिंहदैवको पतनसँगै उपत्यका भित्रिएकी यी देवी भक्तपुरमा स्थापना गरिएकी थिइन भने उपत्यका ३ राज्यमा विभाजन भएसँगै यिनको स्थापना तीनै राज्यमा हुन गयो । समस्त नेवार  समुदायकी इष्टदेजी कै रुपमा मान्यता पाइन । यसै सिलसिलामा टोखामा पनि तलेजुको मन्दिर स्थापना हुनु आफैमा महत्वपूर्ण छ ।

    यहाँ टोखामा यी तलेजुको जात्रा हरेक वर्ष महानवमीको अवसर पारेर वर्षको एक पटक गरिन्छ र खासगरी खड्गसँग सम्बन्धित भएकोले यसलाई यहाँ तलेजुको बलि र खड्ग जात्रा संचालनका लागि तलेजु गुठी नै खडा गरी आएको छ । जस अन्तर्गत अन्य स-साना गुठीहरु पनि आ-आफ्ना कार्यभार लिएका हुन्छन् । खासगरी तलेजु गुठीका मूल नाइकेको रेखदेख तथा निर्देशनमा नै यो तलेजुको खड्गजात्रा सम्पन्न गर्ने परम्परा रही आएको छ ।

    टोखाको तलेजु मन्दिरमा १३ वटा खड्ग सहितको भगवती स्थापना गरिएकी छन् । यी देवीलाई भक्तपुरबाट ल्याएको मानिन्छ । त्यसैले गर्दा यहाँको खड्ग जात्रामा यो खड्ग जात्रा गर्दा देवीको खड्ग चाहि बाँसभित्र लुकाएर बाहिरबाट फुलका गुच्छा छत्राकृर्ति बनाएर त्यसलाई ढाकी नगर टोल घुमाउने चलन छ । टोखामा राँगाको बलि दिएर महानवमीको दिन जात्रा शुरु हुन्छ भने खड्ग जात्रा चाहि विजया दशमीको भोलिपल्ट गरिन्छ ।

    टोखामा खासगरी फूलपातिको दिनबाट नै तलेजुको गोप्य पूजाहरु सुरु हुन्छन् र नवमीको दिन माथि तलेजु अगाडी राँगाको बली दिएर सरकारी पूजा सम्पन्न गरिन्छ । तर यसको विशेष भोज चाहि दशमीका दिन सबेरै खड्ग जात्रा सम्पन्न भएपछि मात्र गरिन्छ । यसरी नवमीको दिन तलेजुमा काटिएको राँगाको ८४ भोज भाग लाग्दछ । तर यसको ११० भाग लगाउने गरिएको तलेजुका पूजारी बताउँदैन । तर पूजारीबाट पनि ११० भागको विवरण प्राप्त नहुँदा थकालीबाट खुल्न आएका ती भागहरुको विवरण तल प्रस्तुत गरिन्छ ।

    • १२ भाग श्रेष्ठ थकालीहरुलाई
    • १ भाग डंगोल थकालीलाई
    • ५ भाग ‘मुहाली बजाने’  ५ जना कुसलेहरुलाई
    • ४ भाग धिमे बनाउने डंगोललाई
    • २ भाग ‘प्व बाजा’ बजाउने डंगोललाई
    • ५ भाग कर्माचारी पूजारीलाई
    • १ भाग भुइ लिन्नेलाई
    • १ भाग भित्तो लिप्नेलाई
    • ६ भाग ३ जना कसाईहरुलाई
    • १ भाग मूल नाइकेलाई
    • १ भाग रोज दरवार पुर्‍याउनेलाई
    • १ भाग भित्र पकवान पकाउनेलाई
    • १ भाग त्याचा (साँचो समात्ने) लाई
    • २ भाग गणेश र कुमारीलाई

    यसरी बलीको कार्य सम्पन्न भएपछि दशमीको भोलिको दिन टोखामा विशेष खड्ग जात्रा सम्पन्न हुन्छ । यहाँ खड्ग जात्रालाई विशेष तरिकाले बाँसको ‘खट’ बनाइ त्यस भित्र लुकाएर जात्रा गरिन्छ । सर्वप्रथम यी खड्ग बोक्ने श्रेष्ठ थकालीहरुलाई तयार गरिन्छ ।  यसको लागि टोखा भरिका श्रेष्ठहरुलाई जेष्ठताको क्रम हेरिन्छ । थकालीको दाबी गर्न आउने सबैको चिनो हेरेर घडी पला समेतको हिसाब गरी थकाली छुट्याउनु पर्दछ । तलेजुको मन्दिरमा १२ श्रेष्ठ थकाली तथा एक डंगोल थकाली गरी १३ वटा खड्गलाई खट विशेष भित्र राखि गर्नुपर्ने सम्पुर्ण पूजा विधि सम्पन्न गरिसकेको हुन्छ । मध्यरातमा नै सम्पुर्ण जात्रामा संलग्न हुनुपर्ने सहायहरु तलेजु अगाडी कोटमा जम्मा हुन्छन् । यहाँ खड्ग धारण गर्ने १२ जना लगायत विभिन्न बाजा बजाउने मुस्या प्वा बोक्ने तथा अन्य दर्शनार्थीहरु पनि जम्मा हुन्छन । बाजाहरु बजि रहँदा तलेजुका कर्माचार्य पूजारीले मूल खड्ग बोक्नेलाई अगाडी खड्ग प्रदान गर्दछन । यो खड्ग सहितको खट विशेष किसिमले सिंगारिएको र सबै भन्दा ठूलो हुन्छ ।

    खड्ग जात्रा सुरु गर्नु पूर्व तलेजुबाट सरकारी पूजासहित जीवित देवी कुमारी घरमा गई कुमारीलाई बाजागाजा सहित धुम्धामका साथ तलेजु मन्दिर परिसरमा रहेको कुमारी पाटीमा ल्याई बिराजमान गराईन्छ ।

    यसपछि क्रमशः दिइदै जान्छ । र अन्त्यमा डंगोल ब्राह थकाली पनि खट प्राप्त गर्दछन् । स्मारणीय छ यो खट पनि उसैगरी तयार गरिएको हुन्छ । यस भित्र खड्ग भने लुकाइएको हुन्न । यी सबै गोलबद्ध भएर हात हातमा बाँसको खट विशेष उठाएर उभिन्छन । बाजाहरु बजिरहँदा मूल नाइकेको निर्देशन पाएपछि खड्गधारीहरु अघि बढ्दछन । यसरी हिड्दा विशेष साइत पारेर हिडने गरिन्छ । यो समय विहानी पख हुन्छ । खड्गधारीहरु क्रमबद्ध भएर हिडछन् । त्यसपछि क्रमबद्ध भएर श्रेष्ठ थकाली हिडेका हुन्छन । जहाँ मूल खड्गधारी अन्तयमा हुन्छन । खड्गधारीहरु तलेजुबाट बाहाले पुगेर हनुमान फले हुँदै टोठीलाग पुगरी त्यताबाट ठनेलाछिमा पुग्दछन र बिस्का जात्राको यंसी लिंगो राखिने ठाउँको परिक्रमा गरी अघि बदेर त्यही स्थित नारायण मन्दिर परिक्रमा गरी थलाग हुँदै ताहालमा पुगेर जात्रा केही क्षणलाई रोक्दछन् । यहाँ पहिले नै तलेजुका पूजारी उपस्थित भई सकेका हुन्छन भने एउटा भुईँ फसि ‘कूभिण्डो’ पनि त्यही ल्याएर राखिएको हुन्छ ।

    यहाँ आई खड्गधारीहरु मूल खड्गधारीलाई मध्य भागमा पारी गोलो घेरा भएर उभिन्छन् । यहाँको कूभिण्डो तलेजुको मन्दिरमा पनि फूलपातीको दिन ल्याई पूजा गरिएको हुन्छ तर त्यो भने तल ल्याइन । नाइकेले व्यवस्था गरेको यो कूभिण्डो सबै जना ताहाँल्यमा गोलबद्ध भएपछि पूजारीले  कूभिण्डोको विशेष पूजा गर्दछन र अब काटे हुन्छ भनी डंगोल थकालीलाई भनेपछि उनकै निर्देनशमा एक जना थुवाले हातमा तरवार बोकी खबरदार भनी कूभिण्डो माथि प्रहार गर्दछन । यसरी प्रहार गर्दा त्यो कूभिण्डो लिन तम्तयार भएका यूवाहरु थुप्रै हुन्छन । केही गरी सो तरवारले सबैलाई लागे पनि कोही जवाफदेही हुनु पर्दैन भनिन्छ । जब उक्त कूभिण्डो माथि प्रहार हुन्छ थुप्रै भिड त्यहाँ लुँछाचुडी गर्न झूमिन्छन भने खड्गधारीहरु त्यहीबाट सिंधा दौडेर प्रतिस्प्रधा गर्दै तलेजु पुग्छन र त्यहाँपुगी आ-आफ्नो खड्ग सहितका खट तलेजुको आँगनमा राखी प्रसाद लिएर फर्कन्छन भने कर्माचार्य पूजारीले ती खड्गहरु तलेजु भित्र लगि उसैगरी क्रमबद्ध रुपमा मिलाएर राख्दछन ।

    कर्माचार्य पूजारीको रहोबरमा तलेजुमा फूलपालीका दिनदेखि नै पूजाको क्रममा बलि दिइएका कुखुरा हाँस बोका तथा  नवमीका दिन काटिएको हुन्छ । त्यसलाई थकालीहरु बीच उमेर क्रम अनुसार बाड्ने काम गरिन्छ । जसलाई स्यु का भ्वय् भनिन्छ । यसरी अनेक विशिष्टताका साथ टोखाको तलेजुको बलि तथा खड्ग जात्रा सम्पन्न गरिन्छ ।

    Facebook Comments Box