• टोखा टाइम्स

    • प्रकाशित मिति:४ पुष २०८०, बुधबार


    बिज्ञापन
  • टोखा नगरपालिका-२: उद्यमशील, उद्घोषण र प्रतिवेदन लेख्न तालिम शुरू

    टोखा टाइम्स, टोखा । टोखा नगरपालिका २ वडा कार्यालयको आयोजनामा १५ दिने उद्यमशील, उद्घोषण तथा प्रतिवेदन लेख्न तालिमको आज एक कार्यक्रम बीच शुभारम्भ गरेको छ ।

    वडा कार्यालयको सभा हलमा वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठको सभाध्यक्षतामा आयोजित सो कार्यक्रममा वडा सदस्य सविना श्रेष्ठ, लक्ष्मी हिङमाङ, आर्यन डंगोल, अमर डंगोर, सचिव शालिक राम गौतम, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको उपस्थित रहेको थियो ।

    वडाको लक्षित वर्ग कार्यक्रम अनुरूप वडामा बसोबास गर्ने यूवाहरूलाई उद्यमशील बनाउने योजना अनुरूप आयोजना गरिएको उक्त तालिममा स्थानीय यूवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधि सहित ४० जना प्रशिक्षार्थीको सहभागिता रहेको वडाध्यक्ष श्रेष्ठले बताउनु दिनुभयो ।

    उहाँले आफ्नो वडाका यूवा, महिला, संघसंस्थाको माग तथा आवश्यकता बमोजिम उद्यमशील बनाउन वडा कार्यालयको आयोजनामा विभिन्न तालिमहरू सञ्चालन भैरहेको र अझै सञ्चालन हुने क्रममा रहेको समेत जानकारी दिनुभयो ।

    Facebook Comments Box