• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:३ श्रावण २०८१, बिहीबार


    बिज्ञापन
  • डा.विष्णुप्रसाद गौतमको ‘विवेकको फिल्टर’ पुस्तक लोकार्पण

    टोखा टाइम्स, काठमाडौँ । डा.विष्णुप्रसाद गौतमद्वारा लिखित ‘विवेकको फिल्टर’ पुस्तक लोकार्पण भएको छ । बिहीबार पुलचोक क्याम्पसको सभाहलमा डा.सुरेन्द्र के.सिले ‘विवेकको फिल्टर’ (गैरआख्यान) लोकार्पण गरेका हुन् ।

    सिमल बुक पब्लिकेसन्स प्रकाशक रहेको उक्त पुस्तक सिभिल इन्जिनियर डा. गौतमका वर्तमान भोगाइमा आधारित व्यावहारिक जीवनदर्शन हो ।

    जीवन–भोगाइसम्बद्ध अनेक परिघटना एवम् मनोगत विम्बलाई बौद्धिकताको कसी लगाएर तथ्यपरक आलोचनाका साथ स्पष्ट मूल्याङ्कनसमेत गर्ने प्रखर सामथ्र्य भएका गैर आख्यानकार डा. विष्णु प्रसाद गौतमले विभ्रान्त विश्व अन्तर्दशाका नेपथ्यमा नै मानवीय निष्ठा र आदर्शको घर–आँगन स्थापना गर्ने अभीष्टका साथ सामाजिक यथार्थमा आधारित पर्यवेक्षणयुक्त आख्यान सिर्जना गरी उच्च साफल्य प्राप्त गरेको पुस्तकका प्राध्यापक सुरेन्द्र के. सीले बताए।

    Facebook Comments Box